बजेटसम्बन्धी तीन विधेयक संसदबाट पारित


लेखक : लेखापढी      २५ भाद्र २०७८, शुक्रबार १४:४४ मा प्रकाशित     
बजेटसम्बन्धी तीन विधेयक संसदबाट पारित

काठमाडौँ- बजेटसम्बन्धी तीन विधेयक प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएको छ ।  एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक  ​बहुमतले स्वीकृत भएको हो ।

ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले तीनै विधेयक सदनमा पेश गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!