प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त; सपथ ग्रहण गरे


लेखक : लेखापढी      २४ भाद्र २०७८, बिहीबार १४:२० मा प्रकाशित     
प्रधानसेनापति  प्रभुराम शर्मा नियुक्त; सपथ ग्रहण गरे

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा शर्मालाई शपथ गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिह्नसमेत प्रदान गरेकी थिइन् । 

“सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रधानसेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!