वाग्मती सरकार विस्तार, थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त


लेखक : लेखापढी      २३ भाद्र २०७८, बुधबार १६:४७ मा प्रकाशित     
वाग्मती सरकार विस्तार, थप ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त

वाग्मती प्रदेश सरकार विस्तार भएको छ । ६ जना मन्त्री र चारजना राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।

नियुक्त हुने मन्त्रीमा रचना खड्का, विजय सुवेदी, प्रदीप कटवाल, शान्तिप्रसाद पौडेल, अजय क्रान्ति शाक्य र चन्द्र लामा रहेका छन् ।

राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, जीवन खड्का, बद्री मैनाली र सरस्वती बाटी नियुक्त भएका छन् । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!