देउवा पुत्र जयवीरको राजनीतिमा प्रवेशः के गर्छन् प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर ?


लेखक : लेखापढी      २३ भाद्र २०७८, बुधबार १४:११ मा प्रकाशित     
देउवा पुत्र जयवीरको राजनीतिमा प्रवेशः के गर्छन् प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा राजनीतिमा प्रवेश गरेका छन् ।

२६ बर्षका जयविरले डडेल्धुराबाट कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटीको सिफारिसका आधारमा उनलाई कांग्रेसको क्रियाशील सदस्यता दिइएको हो ।  जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्।

 २६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। उनले बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका छन् ।

उनी यसअगाडि कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेका थिएनन्।

‘उहाँ क्रियाशील सदस्य मात्रै बन्नुभएको हो,’ जयवीरसिंह निकट स्रोतले भन्यो, ‘क्षेत्रीय प्रतिनिधि बन्ने र महाधिवेशन प्रतिनिधिमा आउने इच्छा अहिले जयवीरसिंहको छैन, सक्रिय राजनीतिमा आइहाल्ने तयारी पनि छैन।’

100% LikesVS
0% Dislikes
Spread Your Love !!!