कैलालीमा ६५ स्थानिय जनप्रतिनिधिले रोजे नेकपा (एकिकृत समाजवादी)


लेखक : लेखापढी      २३ भाद्र २०७८, बुधबार १२:१० मा प्रकाशित     
कैलालीमा ६५ स्थानिय जनप्रतिनिधिले रोजे नेकपा (एकिकृत समाजवादी)

कैलाली । २३ भदौ
कैलाली जिल्लाका ६५ जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी)को पक्षमा हस्ताक्षर सनाखत गरेका छन् । यसरी नेकपा (एकिकृत समाजवादी) चयन गर्नेमा जिल्ला विकास समिति उपप्रमुख सुन्दरीदेवी चौधरीका साथै सदस्यहरू देवी भण्डारी, मालती विक, ललित साउद रहेका छन् भने नगरपालिकाका उपप्रमुखमा गोदावरी नरपालिकाकी उपप्रमुख रत्ना कडायत, घोडाघोडी नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी थापा रहेका छन्् । मोहन्याल गाउँपालिकाकी कार्यवाहक प्रमुख पूजाबुढामगर रहेकी छिन ।

कैलाली जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित भएका ३८ वडा अध्यक्ष मध्ये १२ वडाध्यक्ष, ३७ जना कार्यपालिका सदस्यमध्ये ९ कार्यपालिका सदस्यले नेकपा (एकिकृत समाजवादी)मा सामेल भएका छन् ।

सुदूर पश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा जनप्रतिनिधिले नेकपा (एकिकृत समाजवादी) मा समावेश भएको नेकपा (एकिकृत समाजवादी) का नेता विमलकुमार जोशीले बताएका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!