तालिबानले पञ्जशिरमा फहरायो झण्डा, पूर्णरुपमा कब्जा गरेको दाबी


तालिबानले पञ्जशिरमा फहरायो झण्डा, पूर्णरुपमा कब्जा गरेको दाबी

काठमाडौं । तालिबानले अफगानिस्तानमा आफ्नो कब्जामा आउन बाँकी रहेको अन्तिम क्षेत्र पञ्जशिर पूर्णरुपमा आफ्नो कब्जामा आएको बताएको छ ।

सामाजिक सञ्जालमा तालिबानले राखेको एक भिडियोमा पञ्जशिरमा तालिबानको झण्डा फहराइरहेको देख्न सकिन्छ । यद्यपि यो क्षेत्रमा तालिबानविरुद्ध लडिरहेको रेस्टिेन्सका लडाकुले भने अहिले पनि आफूहरु पञ्जशिरको सबै रणनीतिक क्षेत्रमा रहेको र लडाइँ जारी रहने बताएको छ ।

पञ्जशिरका नेताले तालिबानविरुद्ध राष्ट्रिय आवाज उठाउन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक अडियोमा नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)का नेता अबमद मसुदले अन्तर्राष्ट्रिय समुदायले तालिबानलाई वैधता दिइरहेको र उनीहरुलाई सैन्य र राजनीतिक मनोबल बढिरहेको बताएका छन् ।

तीन साताअघि तालिबानले अफगानिस्तानका अन्य क्षेत्रलाई आफ्नो कब्जामा लिएको थियो । एक लाख ५० हजारदेखि दुई लाखसम्मको जनसंख्या रहेको पञ्जशिर तालिबानको कब्जामा आउन बाँकी रहेको एकमात्र क्षेत्र थियो । यो क्षेत्र यसअघि कहिले पनि तालिबानको नियन्त्रणमा आएको थिएन ।-एजेन्सी