सुदूरपश्चिम प्रदेश : एमालेका दुईमन्त्रीद्वारा राजीनामा


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार २२:१५ मा प्रकाशित     
सुदूरपश्चिम प्रदेश :  एमालेका दुईमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । 

दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ,’ शाहले भने । 

गत जेठमा आर्थिक मामिला मन्त्रीमा शाह र राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । नेपालले औपचारिक रुपमै निर्वाचन आयोगमा दल दर्ता गरेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुवै ढुलमुल अवस्था थिए ।

सोमबारसम्म विभाजित पार्टीलाई दल रोज्न दिइएको समयसीमाभित्र उनीहरुले माउ पार्टी एमाले नै रोजेर मन्त्री पदबाट राजीनामा दिएका छन् ।

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!