मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक-समिक्षक माझ गरीएकाे अन्तरसंवाद सहित


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार ११:५३ मा प्रकाशित     
मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक-समिक्षक माझ गरीएकाे अन्तरसंवाद सहित

साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । तिब्बती शरणार्थीको कथा भन्ने उपन्यास बौद्ध दर्शनमा आधारित छ ।

उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा पूर्व स्वास्थ्यसचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइभित्र पसेर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको बताइन् । 
बाल्यकालदेखिकै शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको आख्यानकार मालिका केशरीले बताइन् । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ,’ उनले भने ।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।
लेखकको पहिलाे  उपन्यास ‘‘पुनरुत्थान’’ हो ।
 दुङालकै विषयमा समिक्षाक माझ गरीएकाे अन्तरसंवाद 
समिक्षकहरु भन्छन् – मालिका केशरीको ‘दुङाल’ पढ्नैपर्ने आख्यान || Dungal || Malika Keshari | Book Talk

50% LikesVS
50% Dislikes
Spread Your Love !!!