काठमाडौँको सिडीओमा गोबिन्द रिजाल


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार १४:१८ मा प्रकाशित     
काठमाडौँको सिडीओमा गोबिन्द रिजाल

 काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा गोबिन्द रिजालको सरुवा भएको छ ।

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको  मन्त्रालयमा सरुवा गरिएको हो । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!