सभामुखविरुद्ध ओलीले दिएको रिटमा भदौ २८ गते दुवै पक्षलाई झिकाउने आदेश


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार १३:१६ मा प्रकाशित     
सभामुखविरुद्ध ओलीले दिएको रिटमा भदौ २८ गते दुवै पक्षलाई झिकाउने आदेश

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ ।  रिटमा दुवै पक्षलाई छलफलका लागि सर्वोच्च अदालतले भदौ २८ गते बोलाउने आदेश गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् ।

एमालेले दलबाट निष्कासन गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएपछि अध्यक्ष ओलीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पार्टीले २५ साउनमै सांसदहरुलाई दलबाट निष्कासन गरेको र सो निर्णय कार्यान्वयनका लागि संसदलाई भदौ १ मा जानकारी गराएको भन्दै रिटमा सभामुखले कानुन बमोजिम प्रक्रिया अवलम्बन नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरी संसद सचिवालयलाई जानकारी गराएको थियो । तर सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भइसकेपछि निर्णय दिँदै कारबाही गर्न नपर्ने जानकारी गराएका थिए ।

माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) बदर गर्न माग गर्दै परेको रिटमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको पूर्व महान्यायाधीवक्ता रमेश बडालले रातोपाटीलाई बताए । आयोगले लिखित जवाफ पेश गरेको ३ दिनभित्र अर्को पेशी तोक्न आदेश गरिएको छ । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!