पीएनजीविरुद्ध नेपाल [UPDATE] : डेब्यु खेलमै विक्रम सोबको दुई विकेट


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार १२:०६ मा प्रकाशित     
पीएनजीविरुद्ध नेपाल [UPDATE] : डेब्यु खेलमै विक्रम सोबको दुई विकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ ।

त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोली अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।

 मंगलबार अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि बलिङको निम्तो पाएको नेपालले दोस्रो सफलता हात पारेको छ ।

दोस्रो ओभरको पहिलो बलमा नेपालका तीव्र गतिका बलर विक्रम सोबले पीएनजीका टोनी उरालाई बोल्ड गरेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विक्रमको यो पहिलो अन्तर्राष्ट्रिय विकेट हो ।
 
यस्तै सोबले खेलको चौथो तथा उनको व्यक्तिगत दोस्रो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत ४ रनमा स्लिपमा आरिफ शेखको हातबाट क्याचआउट गराए ।
अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने लक्ष्यसाथ आयरल्यान्ड पुगेको नेपालले चारमध्ये एक खेल जित्दै ३ अंकसाथ समूह ’ए’ को पाँचौं स्थानमा छ  । प्रतियोगितामा अघि बढ्न नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाव छ । नेपाल आज गर या मरको अवस्थामा रहेको छ ।
तीनमध्ये दुईमा जित निकालेको पिएनजी ५ अंक लिएर दोस्रो स्थानमा छ । अमेरिकालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालको दोस्रो खेल वर्षाले रोकिएपछि नामिबियासँग अंक बाँड्नुपरेको थिया े। तेस्रो खेलमा सहआयोजक आयरल्यान्डका बलरसामु नेपाली ब्याट्सम्यान निरीह बन्दा टोलीले लज्जास्पद हार बेहोरेको थियो ।
Facebook Notice for EU! You need to login to view and post FB Comments!
50% LikesVS
50% Dislikes
Spread the love !