पीएनजीविरुद्ध नेपाल [UPDATE] :नेपाललाई दियो १३५ रनको लक्ष्य,सन्दीपले लिए ४ विकेट


लेखक : लेखापढी      २२ भाद्र २०७८, मंगलवार १४:११ मा प्रकाशित     
पीएनजीविरुद्ध नेपाल [UPDATE] :नेपाललाई दियो १३५ रनको लक्ष्य,सन्दीपले लिए ४ विकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ । 

ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् । 

पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!