नेपालमा फाइभजी परीक्षण यसै वर्ष


लेखक : लेखापढी      २१ भाद्र २०७८, सोमबार १७:०० मा प्रकाशित     
नेपालमा फाइभजी परीक्षण यसै वर्ष

नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको हालै बसेको बोर्ड बैठकले ‘फाइभ–जीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गर्दै नयाँ प्रविधिका लागि बाटो खुला गरिदिएको हो ।

कार्यविधिले नयाँ प्रविधि परीक्षणका प्रक्रिया स्पष्ट गरिदिएको छ । त्यसका लागि सबैभन्दा पहिला परीक्षणका लागि निवेदन पेस गर्नुपर्नेछ । निवेदनमा नयाँ प्रविधिको जानकारी, परीक्षण गरिने स्थानहरू, उपलब्ध गराइने सेवाहरू, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सीको विवरण र नेटवर्क जडान र सञ्चालनको समय तालिका उल्लेख गरेको हुनुपर्नेछ । नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण एवं सहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । निवेदनको अध्ययन गरेर प्राधिकरणले परीक्षणको स्वीकृति प्रदान गर्न सक्नेछ ।

टेलिकमले फोरजी सेवाकै एक अंगको रुपमा रहेको भीओएलटीई सेवाको परीक्षण जेठदेखि सुरु गरिसकेको छ । हाल नेपाल टेलिकमले देशका प्रमख चार सहरमा फाइभ–जी परीक्षणको योजना बनाइरहेको छ । यद्यपि परीक्षणका लागि कानुनी आधार नहुँदा प्रक्रियामा केही कठिनाइ भएको प्राधिकरणले नै जनाएको छ । Agency

50% LikesVS
50% Dislikes
Spread Your Love !!!