१६२ अंकले बढ्यो नेप्से: सेयर बजारमा ‘बाउन्स ब्याक’


लेखक : लेखापढी      २१ भाद्र २०७८, सोमबार १६:२१ मा प्रकाशित     
१६२ अंकले बढ्यो नेप्से: सेयर बजारमा ‘बाउन्स ब्याक’

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब १ सय ६२ अंकले बढेर २ हजार ९ सय ८०.७९ विन्दुमा पुगेको छ । 

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६१.६४ अंकले वृद्धि हुँदा २९८०.७९ अंकमा बन्द भएको हाे । पछिल्ला केही दिनयता लगातार घटेको सेयर बजारमा आइतबार उच्च उताचढावबीच १०८ अंकको गिरावट  भएको थियो ।

मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा केन्द्रीय बैंकले लगाम कसेपछि सेयर बजार सूूचक खस्किएको थियो । लगानीकर्ताहरू आन्दोलनमै उत्रिएपछि आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच फोनमा कुराकानी भएको थियो । 

अर्थमन्त्री जनदार्दन शर्माले शेयर जबारमा रहेको समस्या समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई अनुरोध गरेको खबर सार्वजनिक भएपछि बजारमा ठूलो उछाल देखिएको हो ।

यस दिन सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन्। 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!