जीवनको धोको


लेखक : लेखापढी      २१ भाद्र २०७८, सोमबार १६:४९ मा प्रकाशित     
जीवनको धोको

जीवनमा केही बन्ने मेरो ठूलो धोको थियो।
भाग्यले साथ न दिदा मन साह्रै रोको थियो।

संसारमा बाँच्नलाई सॅधै हाँसेर नै बाँचे
के थाहा त्यो हाँसोमा आँसुको पोको थियो।

जीवनको गोरेटोमा दीप खुशीको बाल्न खोज्दा
औशीको कालो रातले शत्रु बनि छोको थियो।

साँचो प्रेमको वाचा गरेर साथी कति बने जीवनमा
कसरी भनुँ घात गरी बाचा तोड़्ने कोको थियो।

जीवनमा न्यानो मायाको साथ नपाउँदा
यो मन सँधै सँधैको निम्ति भोको थियो।


💐 💐

नीता गुरूंग भाटिय़ा।

असम भारत।