संखुवासभा हत्याकाण्ड अपडेट : चार ठाउँमा ६ जनाको शव


संखुवासभा हत्याकाण्ड अपडेट : चार ठाउँमा ६ जनाको शव

संखुवासभाको मादी नगरपालिका–१, उम्लिङस्थित खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।  त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।

घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि पट्टी दुई जना बच्चाको शव भेटिएको छ भने खोल्साबाट २५ मिटर पर पुरुषको शव भेटिएको छ ।

घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा चप्पल पनि भेटिएका छन्, भाग्दा फुस्किएको हुनसक्छ’ एक अनुसन्धान अधिकृतले भने ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन ।

तेजबहादुरका १० जना परिवार मध्ये जेठो छोरो रमेश मलेसिया र कान्छा छोरा नरेश वैदेशिक रोजगारीमा दुवईमा रहेका छन् । नरेशकी श्रीमती तारा कार्की झापाको दमकमा बस्दै आएका छन् ।घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।