असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने


लेखक : लेखापढी      २१ भाद्र २०७८, सोमबार १६:२७ मा प्रकाशित     
असोज १ देखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन् ।

सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफल गरेरआगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको बताएका हुन् ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने बताएका छन् ।

उनका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गर्ने पनि उनले बताए ।

0% LikesVS
100% Dislikes
Spread Your Love !!!