ट्विटरको भिडियो यसरि सजिलै डाउनलोड गर्नुस ?


लेखक : लेखापढी      १७ भाद्र २०७८, बिहीबार १५:१० मा प्रकाशित     
ट्विटरको भिडियो यसरि सजिलै डाउनलोड गर्नुस ?

हामीहरू धेरैले माइक्रोब्लगिङ साइट ट्वीटर प्रयोग गर्छौं । कहिलेकाँही ट्विटर प्रयोग गरिरहदा हामीलाई भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ । 

तर ट्विटरले सजिलै भिडियो डाउनलोड गर्न दिदैन् । हामीले अर्को कुनै तरिका अपनाएर भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने भनेर जानकारी दिदैछौं । 

कम्प्युटरमा कसरी डाउनलोड गर्ने ? 

शुरूमा कुनै पनि ब्राउजरमा ट्विटर खोल्नुहोस् । त्यसपछि ट्विट गरेको कुन भिडियो डाउनलोड गर्न चाहनुहुन्छ त्यो छनोट गर्नुहोस् । त्यसपछि उक्त पोष्टमा राइट क्लिक गर्नुहोस् र कपी भिडियो एड्रेसमा क्लिक गर्नुहोस् वा शेयर आइकनमा क्लिक गरी ट्विटको लिंक कपी गर्नुहोस् ।

त्यसपछि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ अगाडि कपी गरेको लिंक राख्ने अप्सन देखिने छ, सो लिंक त्यहाँ पेष्ट गर्नुहोस् र आफ्नो आवश्यकता अनुसार भिडियो डाउनलोड गर्नुहोस् । 

मोबाइलमा कसरी डाउनलोड गर्ने ? 

मोबाइलमा डाउनलोड गर्न शुरूमा आफ्नो ट्विटर एप खोल्नुहोस् । त्यसपछि ट्विटरको कुन भिडियो डाउनलोड गर्नुपर्ने हो त्यो छनोट गर्नुहोस् ।

उक्त पोष्ट छनोट गरेपछि शेयरको आइकनमा क्लिक गर्नुहोस् र लिंक कपी गर्नुहोस् । त्यसपछि यहाँ क्लिक गर्नुहोस् र उक्त लिंक पेष्ट गर्नुहोस् । ‍
ictsamachar बाट 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!