तालिबानले चिनिया टिभीमा बोल्दै- अर्काको देशमा ड्रोन आक्रमण गर्नु गैरकानुनी रहेको प्रतिक्रिया


लेखक : लेखापढी      १४ भाद्र २०७८, सोमबार २१:३० मा प्रकाशित     
तालिबानले चिनिया टिभीमा बोल्दै- अर्काको देशमा ड्रोन आक्रमण गर्नु गैरकानुनी रहेको प्रतिक्रिया

अमेरिकाले आइतबार ड्रोन आक्रमण गरेको घटनाप्रति तालिबानले भत्सर्ना गरेको छ। आइतबार काबुल विमानस्थलतर्फ आत्मघाती आक्रमण गराउन अगाडि बढेको गाडीलाई आफूले ड्रोन आक्रमण गरी असफल पारेको अमेरिकाले दाबी गरेको थियो।

यतिबेला तालिबानले अर्काको देशमा बिना अनुमति ड्रोन आक्रमण गर्नु गैरकानुनी कार्य भएको प्रतिक्रिया जनाएको हो। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँग यस्तो बताएका हुन्।U.S. drone strike "unilateral", "must be reported to us": Talibanटोलो न्युजले आइतबारको उक्त आक्रमणमा चार बच्चा, दुई अनुवादक, एक अफगान सेना, एक दोकानदारसहित ९ जनाको मृत्यु भएको जनाएको छ। सीजीटीएनले पनि अमेरिकी आक्रमणमा आतंकवादी नभएर सर्वसाधारण मारिएको बताएको छ।

यसअघि गत बिहीबार काबुल बाहिर आईएस समूहले विस्फोटन गराउँदा १७० को मृत्यु भएको थियो। जसमध्ये १३ अमेरिकी सेना पनि थिए। सोमबार बिहान पनि विमानस्थलमा अमेरिकी सेना लक्षित ५ वटा रकेट प्रहार भएको थियो। सो रकेट अमेरिकी सेनाको एन्टी मिसाइल सिस्टमले असफल बनाएको अमेरिकी भनाइ छ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!