गर्भवती बिरालीलाई बचाए बाफत दुबई शेखले दिए २ लाख दिराम पुरस्कार (हेर्नुहोस भिडियो)


गर्भवती बिरालीलाई बचाए बाफत दुबई शेखले दिए २ लाख दिराम पुरस्कार (हेर्नुहोस भिडियो)

युएईको दुबई शहरमा एक अग्लो घरको दोस्रो तलाको बार्दलीबाट भुईमा खस्दै गरेको गर्भवती बिरालीलाई बचाएर भाइरल भएका चार जना युवालाई जनही ५० हजार दिराम इनाम दिइएको छ । 

उक्त भिडियो भाईरल भए पछी यूएईका उपराष्ट्रपति र प्रधानमन्त्री एवं दुबईका शेख मोहम्मद विन रशिद अल–मक्तौमले ती चार जना पुरुषलाई ‘अतुलनीय नायक’ भनेर प्रशंसा गरेका हुन्। 

दुबईका राजा शेख मोहम्मदले बिरालीको ज्यान बचाउने ती व्यक्तिहरुलाई धन्यवाद दिनको लागि पहिचान गर्न सर्वसाधारणलाई आग्रह गर्दै सो भिडियो ट्विटरमा सार्वजनिक समेत गरेका थिए।  बिरालीको जीवन बचाउने तिब्र सोंचको लागि ती युवाहरुलाई जनही ५० हजार दिरामको पुरस्कार दिइएको छ।
शेखले ट्वीटरमा एस्तो लेखेका थिए “Proud and happy to see such acts of kindness in our beautiful city. Whoever identifies these unsung heroes, please help us thank them.”

यसरि बिरालिको ज्यान बचाउनेमा असरफ नाम गरेका चौकीदारी गर्ने एक मोरक्को नागरिक, आतिफ मेहमुद नाम गरेका एक पाकिस्तानी नागरिक, सडक र यातायात प्राधिकरणमा चालकको रुपमा काम गर्ने नासिर नाम गरेका एक भारतीय र उक्त भिडियो खिचेका मोहम्मद रसिद रहेका छन्। शेखका एक अफिसरले उनीहरुलाई भेटेर सो इनाम हस्तान्तरण गरेका हुन्। उनीहरुलाई नगद रकम सहितको खाम हस्तान्तरण गरेका थिए।

विभिन्न देशका ति नागरिकहरु एक अर्कालाई चिन्दैनथे तर बिराली बचाउन एकजुट भएर लागेका थिए । 
https://www.tiktok.com/@lekhapadhi/video/7001888899735817474?sender_device=pc&sender_web_id=6898981909424539137&is_from_webapp=v1&is_copy_url=0 
https://twitter.com/HHShkMohd/status/1430229698706034695?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1430229698706034695%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fpublish.twitter.com%2F%3Fquery%3Dhttps3A2F2Ftwitter.com2FHHShkMohd2Fstatus2F1430229698706034695widget%3DTweet 
Photo credit : Juidin Bernarrd/Khaleej Times