याैन ज्वाला (लघुकथा)


लेखक : लेखापढी      १२ भाद्र २०७८, शनिबार २०:३१ मा प्रकाशित     
याैन ज्वाला  (लघुकथा)
सत्या आई । थुचुक्क बसी । सुँऊ सुँऊ गरी । हाई गरी अनि मनकाे कम्पमा प्राध्यापक छेउ टाँसिई । केरकार गरेकाे कापीकाे पन्ना पल्टाएर भनी ।

–“सर ! केही बुझिन !”

सत्याकाे काँधमा अपर्झट हातले छाेए । सत्या झस्की । लज्जावती झैं लल्याक्कै भई । उसकाे मानसमा तृष्णाकाे विद्युतीय तरङ्ग उठ्याे । उ बाेलिन...

साेम सरकाे अनुहार सत्याकाे चम्किलाे मुहारमा आज खै किन हाे ? एक्कासी माेहित भयाे ।
उनले सत्याकाे काँधमा अपर्झट हातले छाेए । सत्या झस्की । लज्जावती झैं लल्याक्कै भई । उसकाे मानसमा तृष्णाकाे विद्युतीय तरङ्ग उठ्याे । उ बाेलिन । साेम सरसँगै एकाएक टाँसिन पुगेर भनी ।
–“अलि सन्चाे छैन, सर !”
साेम सरकाे मनमा उत्तेजनाका रागहरू फैलियाे । उनले नरम र प्रेमिल लयमा सत्यालाई भने ।
–“ओैषधी खाने त ?”
चुप लागी । सरले काँधमा फेरि हात राखेर अड्याउन खाेजे । उसलाई कस्ताे-कस्ताे भयाे । एकाएक सरकाे हातकाे रापिलाे ताताेले उ डल्लिई । उसकाे मुखबाट एक्कासी हिलिएकाे स्वर निस्क्याे ।
–“सर !”
"सर ! कस्ताे गाह्राे भइरेछ, सिकाइदिनु न !" सत्या कक्रक्क परी । मुन्टाे निहुराई । साेम सरले फेरि उसलाई मायालु भावले गालामा चिमाेटेर...
सत्याका मांसपेशीय तन्तुहरू झन्किन थाले । अप्ठेराे महसुस गरेरै साेम सरले पनि भन्न भ्याए ।
–“एकछिन ल ! ट्वाइलेट गएर आउँछु !”
–“सर ! कस्ताे गाह्राे भइरेछ, सिकाइदिनु न !”
सत्या कक्रक्क परी । मुन्टाे निहुराई । साेम सरले फेरि उसलाई मायालु भावले गालामा चिमाेटेर भने ।
–“पाेक्ची ! पढ्नु पर्छ नि त !”
सत्यालाई साेम सरकाे चिमाेटाइकाे गहिराे प्रभाव पर्याे । उसले लामाे सास तानेर सरलाई भनी ।
“आ! हाेस् सर ! अब बरू भाेलि भेट्छु, टाउकाे दुख्याे ।”
साेम सर परीक्षाकाे अन्तिम घडीमा थिए । लेक्चर दिने उनकाे अन्तिम अवसर थियाे । गम्भीर भएर उनले भने ।
–“पढ्दै नपढी बेहाेस हुनु भएन नि !”
त्यसपछि बाेल्दैनबाेली सत्या कलेजबाट सरासर बाहिर निस्की । उसकाे तात्तिएकाे जिउ एकाएक सेलायाे । बाटाेतिर हिंडेकाे बेला साेम सरले साेचे ।

–“आजकाे पाठ यसै सकाएँ !”


डा विदुर चालिसे

100% LikesVS
0% Dislikes
Spread Your Love !!!