जिउँदो लास (कबिता)


लेखक : लेखापढी      १२ भाद्र २०७८, शनिबार १९:३२ मा प्रकाशित     
जिउँदो लास   (कबिता)
मान्छे यहाँ जिउँदो लास भएर बाँचेको छ
काहीँ आफ्नो कर्तव्यमा हारेको छ त,
कहिले दायित्वले हराएको छ,
समाजको जञ्जीरले बाँधिएको छ,
झल्झलाउँदो बाटोमा हिँड्ने रहरले,
दौडिएको छ,

तर ऊ यहाँ जिउँदो लास भएर बाँचेको छ।

प्रगतिको शिखरमा पुग्ने रहरले,
आफ्नो सम्पूर्ण सन्तुलन हराएको छ।
क्षणिक सुखका लागि आफ्नो,
नाता-गोता सबै बिर्सिन थालेको छ,
ऊ त यहाँ जिउँदो लास भएर बाँचेको छ।

उसले दिमागी सन्तुलन
हराउँदै जान लागेको छ
तातो, चिसो, खल्लो, मिठो स्वाद भेट्नै छोडिसकेको छ,
हो नि ऊ त जिउँदो लास भएर बाँचेको छ।
आज त प्रकृतिले उसलाई
जिस्काउन थालेको छ,
सृष्टिको सृजनामा उसले हार मान्नै परेको छ,
ऊ मूकबधिर भएको छ।

उसले बोल्नलाई शब्द नै हराइसकेको छ,
ऊ त यहाँ जिउँदो लास भएर बाँचेको छ।
सतता र मानवता उसलाई
कहाँ पो थाहाँ छ र त,
ज्ञान र विज्ञान पनि त…।

दुलुमनि देवी उपाध्याय
ओदालगढी, असम, भारत

100% LikesVS
0% Dislikes
Spread Your Love !!!