अंकुर चन्दको गजल


अंकुर चन्दको गजल
मैले माया गर्ने त्यहि ,यौटा दिल थियो ।
दिल भित्र सजिएको, महफिल थियो ।

फुल जस्तै सुबास छर्दै, हिँड्न थालेदखि,
तिमि नजिक पाउन साह्रै मुस्किल थियो ।

सम्झनाको तरेलीले तिमीतिरै तान्दा,
तिम्रो दिलको बाटो भने पुरै सील थियो ।

सुन्दरताको खोल ओढी सर्यौ अर्कैसँग,
सोच्छु अचेल तिम्रो भाषा अश्लिल थियो ।


अंकुर चन्द 
बेदकोट नगरपालिका 
कंचनपुर, सुदुरपस्चिम