जनवादी गायक जेबी टुहुरेको निधन


लेखक : लेखापढी      १० भाद्र २०७८, बिहीबार १५:१० मा प्रकाशित     
जनवादी गायक जेबी टुहुरेको निधन

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । 

उनको मस्तिष्कघातका कारण निधन भएको उनका छोरा निर्भिकले पुष्टि गरेका छन् । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको  समस्या थियो ।

उनले दर्जनौं जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई…’ बोलको गीत लोकप्रिय छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!