नेकपा (एकिकृत समाजवादी) र लोसपा निर्वाचन आयोगमा दर्ता


लेखक : लेखापढी      ९ भाद्र २०७८, बुधबार २२:०३ मा प्रकाशित     
नेकपा (एकिकृत समाजवादी) र लोसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । भाद्र ९
निर्वाचन आयोगले नेकपा (एकिकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलार्ई नयाँ दलको रुपमा दर्ता गरेको छ ।

आज भएको सनाखत कार्यक्रममा नेकपा (एमाले) का ५४ केन्द्रीय सदस्य र २९ सांसदले भौतिक रुपमा हस्ताक्षर सनाखत गरेका छन् भने पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय दुतावासबाट सनाखत गरेका छन् । सो पार्टी दर्ताका लागि चार जना सांसदको पहिलेको निवेदनमा नाम नभएका कारण सनाखत हुन सकेन । निजहरुका सन्दर्भमा निर्वाचन आयोगले संसद सचिवालयलाई पत्र लेख्ने जनाएको छ ।

त्यसरी नै जसपामा महन्थ ठाकुर पक्षका १६ कार्यकारी सदस्य एवम् १४ सांसदले आज लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि हस्ताक्षर सनाखत गरेकोमा सो पार्टीलाई समेत नयाँ दलको प्रमाणपत्र दिइएको छ । आजबाट नेपालमा राजनीतिक दलको संख्या थपिएको छ ।

वर्तमान देउवा सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेशको कारण दुवै पार्टीले २० प्रतिशत संख्या पुर्याएपछि नयाँ दल दर्ता सम्भव भएको हो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!