सुदूरपश्चिममा जनमोर्चाका दुई कमिटी


सुदूरपश्चिममा जनमोर्चाका दुई कमिटी

धनगढी । भाद्र ९
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेश कमिटी गठन भएका छन । पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशका सहईन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेलाले लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेश कमिटी पुनर्गठन गरेको छ ।

नयाँ कमिटीको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आचार्य, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी छन् । यस्तै, सदस्यहरूमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरबहादुर विक, निरु विक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमविक्रम चन्द र लालबहादुर जाग्री छन् ।

केही महिना अघि नन्दराज भट्टको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन भएकोमा अध्यक्ष बाहेक सबै पदाधिकारी र सदस्य भेला भई सो कमिटी पुर्नगठन गरिएको हो । यस कमिटी गठनलाई प्रदेश अध्यक्ष नन्दराज भट्टले अवैधानिक भनेका छन् । त्यस्तै गरी पार्टीका महासचिव मनोज भट्टले यो भेला पार्टीको निर्णय अनुसार नभएको र गठन गरिएको कमिटी अवैध भएको बताएका छन् ।

हिजो मात्र राष्ट्रिय जनमोर्चा प्रदेश अध्यक्ष नन्दराज भट्टले प्रदेश कमिटी सदस्य लक्षीराम आचार्यलाई प्रदेश कमिटीबाट हटाउनुका साथै साधारण सदस्यबाट एक वर्षका लागि निलम्बित गरेका थिए ।