लघुकथा केन्द्रित सम्मानको घोषणा


लेखक : लेखापढी      ८ भाद्र २०७८, मंगलवार १९:४५ मा प्रकाशित     
लघुकथा केन्द्रित सम्मानको घोषणा

भाद्र ८ । कैलाली
लघुकथा साहित्यसँग सम्बन्धित रहेर एक सम्मानको घोषणा गरिएको छ । लघुकथा सर्जक एवम् अनुसन्धानकर्ता डा. पुष्करराज भट्ट, उहाँको भाइबहिनी हेमन्ती भट्ट एवम् हेमराज भट्टले राधिका–गोपालदत्त अन्तर्राष्ट्रिय लघुकथा सम्मान स्थापना गरेका छन् । सो सम्मानका लागि रू. एक लाख पचास हजारको अक्षयकोष राखिएको छ ।

लघुकथा सिर्जनासँग सम्बन्धित लेखन, प्रकाशन, अध्ययन अनुसन्धान एवम् लघुकथाको प्रवर्धनका क्षेत्रमा काम गर्ने देश–विदेशका एक जना लब्धप्रतिष्ठित व्यक्तित्वलाई हरेक वर्ष पन्ध्र हजार नगद, सम्मानपत्र एवम् दोसल्ला प्रदान गरिने जानकारी दिइएको छ ।

यो सम्मानका संस्थापकका पिता गोपालदत्त भट्टको यही २०७७ श्रावण ८ गते निधन भएको  थियो । आफ्ना दिवंगत पिता एवम् माताको समेत नाम राखेर लघुकथा साहित्यका क्षेत्रमा अन्तरराष्ट्रिय सम्मान स्थापना गरिएको संस्थापक डा. पुष्करराज भट्टले बताउनु भएको छ ।

यसअघि उहाँहरूले वि.स. २०७१ देखि आफ्ना हजुरबा हजुरआमाका नाममा पद्मा–रामचन्द्र लघुकथा सम्मान स्थापना गर्नुभएको थियो । सो सम्मान नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।

पद्मा–रामचन्द्र लघुकथा सम्मान नेपाली लघुकथाका क्षेत्रमा अक्षयकोष सहित स्थापना गरिएको पहिलो सम्मान हो ।

डा. पुष्करराज भट्ट लेखापढी अनलाइनका प्रधान सम्पादक हुनुहुन्छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!