गजल


लेखक : लेखापढी      ५ भाद्र २०७८, शनिबार २२:४४ मा प्रकाशित     
गजल

मायाको बगैचाबाट फ़ूल चुने मैले,
ती फूलले तिम्रै नामको माला उने मैले।

निद्रा लाग्दा सपना आउछ कति कति,
साकार पार्न सबै तिम्रै सपना बुने मैले।

आउन त आए कति मनमा बस्छु भनि,
तिमीलाई नै मनको डोकोमा थुने मैले।

हास्न त हास्यौ होला मेरो वेदनामा,
तर तिम्रो मन रोएको कता कता सुने मैले।


नीता गुरूंग भाटिया  
गुवाहाटी, असम भारत।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!