एमाले समाजवादी पार्टीको सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड


एमाले समाजवादी पार्टीको सनाखत भएपछि मन्त्रिपरिषद् विस्तार : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले नेता माधवकुमार नेपालले दर्ता गरेको नयाँ पार्टीको सनाखत हुनासाथ एकैदिनमा मन्त्रिपरिषद् विस्तार हुने बताए। कार्यक्रममा बोल्दै प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

‘हिजोबाट एउटा नयाँ परिस्थित बनेको छ। आज बिहानैमात्र प्रधानमन्त्री, माधवजी र म पनि बसेका थियौं। अब मन्त्रिपरिषद् बिस्तार गर्न ढिलो गर्नु हुँदैन, तुरुन्तै टुङ्ग्याउनुपर्छ भनेका छौं,’ उनले भने।