राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न मलेशियामा आह्वान


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार ०४:३८ मा प्रकाशित     
राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न मलेशियामा आह्वान

मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरूलाई मिलेर काम गर्न आह्वान गरेका छन् । दलहरूका बीचमा विवाद र बेमेल हुँदा देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन् ।

उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरूलाई आह्वान गरेका छन् । राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गर्नुभएको उल्लेख गरिएको छ । 

छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गरेका छन् । तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै काम चलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
-रातोपाटिबाट 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!