पछिल्लाे २४ घण्टामा थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार १६:५३ मा प्रकाशित     
पछिल्लाे २४ घण्टामा थप ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ९४६ आरटी पीसीआर परीक्षणमा २ हजार ३२१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!