अस्मिता हत्या प्रकरणः न्याय माग्दै ईलाका प्रशासन कार्यालय जोगबुडामा धर्ना


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार १६:३४ मा प्रकाशित     
अस्मिता हत्या प्रकरणः न्याय माग्दै ईलाका प्रशासन कार्यालय जोगबुडामा धर्ना

डडेल्धुरामा मृत अवस्थामा फेला परेकि अस्मिता धामीका लागि न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा स्थानीयहरुले धर्ना दिएका छन् ।

परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि समितिले धर्ना दिएको हो। 

अस्मिताका हत्यारालाई छिटो सार्वजनिक गर्नुपर्ने, पीडित परिवारलाई यथाशिघ्र राहतको व्यवस्था गर्नुपर्ने र जमरानी आधारभूत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभूत स्वास्थ्य केन्द्र राख्नुपर्ने माग आफूहरुको रहेको  समितिका संयोजक धनबहादुर बोहराले बताए।

असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन भनी निस्केकी अस्मिताको शव परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। तर प्रहरीले हालसम्म मृत्युको कारण बताउन सकिरहेको छैन।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!