अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनीलाई युएईले दियो शरण


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार ०४:०५ मा प्रकाशित     
अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनीलाई युएईले दियो शरण

काठमाडौँ- अफगानिस्तानका पूर्ब रास्ट्रपति अशरफ गनीलाई अन्य देशहरुले शरण दिएनन् । काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ ।

गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए । अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो ।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६.९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए । उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!