राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार १५:४२ मा प्रकाशित     
राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष एवं संविधान सभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ ।\

६७ वर्षीय शेरचनको बुधबार सशस्त्र प्रहरी अस्पतालमा निधन भएको हो । 

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष एवं नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्। शेरचनले वैदेशिक रोजगार व्यवसायसँगै मिडिया सञ्चालनमा ल्याएका थिए। उनलाई नेकपा एमालेले समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको थियो। 

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्। 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!