महन्थ ठाकुरको पार्टी नाम ‘जसपा लोकतान्त्रिक’ हुने, चुनाब चिन्ह साइकिल


लेखक : लेखापढी      २ भाद्र २०७८, बुधबार १४:४२ मा प्रकाशित     
महन्थ ठाकुरको पार्टी नाम ‘जसपा लोकतान्त्रिक’ हुने, चुनाब चिन्ह साइकिल

काठमाडौं । राजनीतिक दल सम्बन्धि अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

“हामी निर्वाचन आयोगमा जानका लागि कोसिस गरिरहेका छौँ । तर, तयारी पूरा भइसकेको छैन,” जसपा नेता लक्ष्मणलाल कर्णले भने, “पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेका छौँ । चुनाव चिह्न साइकल दाबी गर्ने गरी तयारी भएको छ ।”

महन्थ ठाकुरले तयारि पुरा भए आज नै निर्वाचन आयोग जाने बताएका छन् । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!