ग्यास्ट्रिक चट्ट निको पार्ने घरेलु उपाय


ग्यास्ट्रिक चट्ट निको पार्ने घरेलु उपाय

बर्तमान समयमा व्यस्त जीवनशैली साथै शुद्ध खानपिनको कमीले अधिकतम मानिसहरुमा ग्यास्ट्रिकको समस्या बिकराल देखिदै आएको छ । हाम्रै वरिपरी ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ। यो समस्या विभिन्न कारणले देखा पर्छ । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी हुनेगरेको देखिन्छ । त्यसो भए के गर्ने त ? यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या सजिलै निको हुनेछ ।

लक्षण:
ग्यास्ट्रिक हुँदा पेट फुल्ने, पोल्ने, दिसा लागेको जस्तो हुने हुन्छ भने एसिडिटी हुँदा छातीको बीच भाग पोल्ने, अमिलो डकार आउने, बान्ता होला जस्तो हुने हुन्छ। कतिपयलाई ग्यास्ट्रिकको कारण ढाड दुखाउँछ भने एसिडिटीको कारण रिँगटा लगाउँछ।

ग्यास्ट्रिक रोकथाम उपाय:

प्रशस्त पानी पिउने: लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुनपानी:
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने: ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

कागतीपानी: पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ।

कार्बोहाइड्रेड कम खाने: पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने: ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु लाभदायक हुन्छ ।