अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय


लेखक : लेखापढी      ३२ श्रावण २०७८, सोमबार १२:५० मा प्रकाशित     
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यहाँ करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन । यसअघि सरकारले आइतबार अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । त्यसका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको छ ।

त्यस्तै भूपूर्व गोर्खा सैनिकहरुको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशन प्रति सरकारको ध्यानाकर्षण भएको समेत उहाँले बताउनुभयो । यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँले आमरण अनशन फिर्ता लिन भूपूर्व ब्रिटिस गोर्खासँग सम्बन्ध सबैमा आग्रह गर्नुभएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!