अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली


लेखक : लेखापढी      ३२ श्रावण २०७८, सोमबार १४:१४ मा प्रकाशित     
अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली

बीबीसी । अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ । एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो ।

सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ ।

भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको छ । यो फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!