गोत्र, जात र थर वर्गिकरण: सामाजिक विकास र अभ्यास


लेखक : लेखापढी      ३१ श्रावण २०७८, आईतवार १६:१६ मा प्रकाशित     
गोत्र, जात र थर वर्गिकरण: सामाजिक विकास र अभ्यास

परिचय

मानव समाजमा गोत्र, जात कसरी सुरुआत भयो भन्ने कुरा एक अध्ययन र रहस्यमय पनि छ हाम्रो आधारा भनेको बंश परम्पराको अध्ययन गरि लेखिएका पुराणहरुनै हुन । जस्तोः विष्णु पुराण, मार्केण्ड पुराण, पद्म पुराण, महारभारतमा लेखिएको वंशजलाई नै अनुशरण गरेको देखिन्छ । त्यो बाहेक हामी सँग अन्य ऐतिहासिक प्रमाण छैन । यसको लेखन जहिले भयो तात्कालिन समाजले पक्का पनि सभ्य समाजको विकशित स्वरुप थियो । नदिले पारेको उर्वरभुमिको बसाईमा सिमित परिश्रमबाट मनग्य उत्पान गर्न सकेको समाज बाँकी समयमा सभ्य समाजको निर्माण स्वरुप विद्धता र विकासको परिणाम सँगै सभ्यताको विकास देख्न सकिन्छ । यो काठमाडौं उपत्यकाको समाज भुगोल र सभ्यताले पनि प्रष्ट पार्दछ । हडप्पा र मेहेन्दो जोदारोको सभ्यता पनि समथर भुमीमा राम्रै सँग उपस्थ्ति भएको पाईन्छ भने सिन्धुघाँटीको सभ्यता पनि त्यहीको उपज हो । हडप्पा र मेहेन्दो जोदारोको सभ्यता र वंशज कता गयो इतिहासले अझै प्रष्यटयाउन सकेको छैन अनुमान मात्र गरेको छ ।

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन्

नेपाली समाजमा गोत्र र जात हेर्न र बुझ्नाको लागि हामीले नेपाली समाजको भाषा संस्कृति सँग सँगै समयाकालीन अनुसार कुन धर्म ग्रन्थ अवलम्वन गर्ने, कस्तो परम्परा चलाएका थिए त्यस अनुसार नै गोत्र जात निधार्रण भएको छ । यो धेरै लामो काल खण्डको अभ्यासबाट भएको हो । हिन्दु, बौद्ध र अन्य धर्म संस्कार र साहित्यले पनि नेपाली सामाजिक विकासक्रम र गरिएको व्यवहरामा र अभ्यासले नै यसलाई चित्रण गर्न सक्तदछ । समाजको वर्गिकरण बढदै जाँदा गोत्र र जातको पनि वर्गिकरण भएको हो । प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कविला युगमा सामूहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् (मोर्गन सन् १९६४) । अर्थात् गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुण्ड हो । त्यतिबेला बाबुको पहिचान आवश्यक नभइसकेकाले हजुरआमाका सन्तानलाई मानिएको हो, किनकि आमा मात्र निश्चित पहिचान हुने अवस्था थियो । यो आदिम समाजको भनाई सँगै हामीले नेपाली समाजमा चलाइएको हिन्दु धर्म संस्कार र साहित्य, पुराण, रामायण, महाभारत, मनुस्मर्ती, चाणक्य, विदुर नीति सँगै धर्म सस्कारमा हिन्दु धर्मले बाँधेका नीति नियमलाई अनुशरण गर्दै बनेको जाति र गोत्र लाई पनि अध्ययन गरिनु पर्दछ ।

महाभारतमा राजा सान्तनुको छोरा विचित्रविर्यको सन्तति नभए पछि सत्यावतिको अको पुत्र व्यासबाट धृतराष्ट्र, पाण्डु र विदुर जन्मिएका हुन । कुनै आर्शिवादबाट जन्मिएका होइनन् ।

समाजशास्त्रीहरुले पनि मानव समाजमा एउटै हजुरआमाका रक्त नाताका सन्ततिको झुण्ड थिए भन्ने कुरा स्वीकार गरेका छन त्यो केवल मातृप्रधान समाज थियो । मातृप्रधान समाज भत्केर पितृसत्तात्मक युगको पनि हजारौ वर्ष बितिसकेको छ । यस्तै सामाजिक विकास क्रममा रक्त शुद्धिकरणलाई निधार्रण गर्नको लागि पनि गोत्र र जात वर्गिकरण गर्नु एक सभ्य समाजको निर्धारण गर्नु थियो । तर कालान्तरमा जाति निर्धारण भएपछि आ आफ्नो जाति र गोत्र बाहेक अन्य जातिमा वैवाहिक सम्वन्ध राख्ने प्रचलनको शुरुवात गरेपनि हामी आफै अनुभाविक रुपमा भन्न सक्तदछौ । हाम्रो जात भित्र रक्तशुद्धता बाँकी छैन हामीमा मिश्रित पाईन्छ । आमा बुबाबाट कतै न कतै छ्या्समिस भइसकेको छ । हामी पुराण अध्ययन गर्दा पनि थाहा पाउन सक्तदौ कि क्षत्रीय कुलका पूर्वज चन्द्रवंशी र सूर्यवंशीमा पनि रक्तशुद्धता पाइँदैन । चन्द्र वंशका प्रवर्तक चन्द्र (महर्षि अत्रिका पुत्र) ले गुरु वृहस्पतिकी पत्नी तारासँग जबर्जस्ती कुकर्म गरी बुध नामक पुत्र जन्माए । त्यस्तै, सूर्यवंशका प्रवर्तक विवस्वानका सन्तान राजा तृणविन्दुले अलब्बुषा नामकी देव जातिकी वेश्यासँग प्रेम भएर विशाल नामको पुत्र जन्मिए । यसरी रक्त मिश्रितका अनेक प्रमाण भेटिन्छ । महाभारतमा राजा सान्तनुको छोरा विचित्रविर्यको सन्तति नभए पछि सत्यावतिको अको पुत्र व्यासबाट धृतराष्ट्र, पाण्डु र विदुर जन्मिएका हुन । कुनै आर्शिवादबाट जन्मिएका होइनन् । यस्ता उदाहरण पौराणिक समाजमा भएता पनि गोत्र र जात चाँही रक्त शुद्धता छुट्याउने आधार नै जात र गोत्र हो ।

गोत्र

समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित थियो । त्यो वेलामा गोत्र परम्परा थिएन । मातृसतात्म परिवार जवसम्म थियो । कुन सन्ततीको बाबु कुन हो यो केवल माताले मात्र भन्न सक्थीन । मानव सभ्यताको लामो इतिहास हेर्ने र शास्त्र हेर्ने हो भने पनि यो लगभग मिल्न जान्छ । हाम्रा पुर्वज वा सभ्य समाजको सभ्य समाजको संरचनालाई कसरी परिचालन गरिएको थियो भनि यर्थाथ चित्रण गर्नको लागि मानिसलाई सांकेतिक रुप्मा देवी देवता बनाइयो र समाजको चित्रण गरिएको आभास पाईन्छ ।

एउटै ऋशीका सन्तानहरु पनि ब्राम्हण, क्षेत्रिय, बैश्य, शुद्र भए भनेर पुराणमा छ भने गौ हत्या गरेर शुद्र जाति बनेको पनि पुराणमा लेखिएको छ । यसरी विश्लेषण गर्दा हिन्दू धर्ममा पनि सबै बर्ण व्यव्स्था कोही न कोही रिऋी तथा तात्कालिन समाजका वौद्धिक वर्ग नै उच्च जातीय ऋषिका नामाकरण सन्ततीहरु हुन् । समयमक्रम तथा चक्रानुसार कामको आधारमा आर्थिक, शैक्षिक तथा सामाजिक सुविधाबाट बञ्चित हुँदे गएपछि हातमुख जोगो टार्न मात्र समयको उपयोग गर्दै जादाँ सबैले आफ्ना गोत्र वंशज भुल्दै गएको हुनु पर्छ ।

नेपाली समाजमा पनि गोत्र परम्परा चल्ने परम्परा जहिले पुराण लेखियो र अध्ययन गरियो त्यस पछि नै गोत्र परम्परा अनुशरण गर्दे यो अझ झन मजबुत बन्दै गएको हो ।

नेपालमा रहेका सबै जाति समुदायको गोत्र परम्पराको अवस्था एघारौ शताव्दिमा राजा गगनिराजले दिएका हुन भन्ने हाम्रो सामाजिक मनोविज्ञान केही इतिहासविदहरुको भनाइ भएपनि यो सबै सत्यता होइन । जसकारण पनि नेपाली समाजमा गोत्र परम्परा त्यो समयदेखि हो भन्न मिल्दैन । तात्कालिन समयमा जो शिक्षित वर्गका थिए उनिहरुले बुढो मर्यो विद्दा सर्यो भन्ने जस्तै गोत्र आफ्नो परम्परा अनुशरण गर्दै आए । सम्झदै आए । जो शिक्षित थिएन उनिहरुले घरयासी समस्या वा आर्थिक समस्याले गर्दा पनिे आफ्नो गोत्र भुल्दै गएका हुन । गोत्र भुल्ने कारण त हामिले अनुभव गर्न सक्तदछौ कि अहिलेको २०, ३० बर्ष अघि सम्म पनि हाम्रो नेपाली समाजमा आफ्नो गोत्र कसैलाई नभन्नु भन्ने चलनले पनि असर गरेको हो । यसरी त्यो वेलामा गोत्र भुल्दै गएको हाम्रो समाजलाई त्यो राज्यका राजाले आफ्ना रैतिहरुलाई गोत्र चाह्ी समयाक्रमानुसार दिइएको चाही पक्का हो । नेपाली समाजमा पनि गोत्र परम्परा चल्ने परम्परा जहिले पुराण लेखियो र अध्ययन गरियो त्यस पछि नै गोत्र परम्परा अनुशरण गर्दे यो अझ झन मजबुत बन्दै गएको हो । राजा मनुका छोरा इक्छावुका सन्तान सुर्यवंशी थिए भने । त्यही वंशजका छोरी ईलाका सन्ततीलाई चन्द्रवंशि भन्दै आएको देखिन्छ । तात्कालिन समाजमा रघु, सुर्यवंशी र चन्द्रवंशजीका सन्तान भन्ने चिनिन्थ्यो र यही वंशजबाट पछि गोत्र सँग सँगै वंशज निर्धारण गरिएको हो ।

गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको पनि देखिन्छ ।

गोत्र भनेको एक मुल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश अनुसार अनुशरण गरेको नै गोत्र हो । अर्को शब्दमा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई संकेत शब्दको रुपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको पनि देखिन्छ । त्यहीको आधारमा गोत्र निधारण भएका छन जुन आत्रेय, अत्रि, अङ्गिरस, अगिस्त, उपमन्यु, काश्यप, कपिल, कोडिन्य, कौशिक, गौतम, गर्ग,घृतकोशिक, धनञ्जय, पराशर,भारद्धाज, माण्डव्य, मौद्गल्य, वत्स, बशिष्ठ, विश्वमित्र, शाण्डिलय, काशी, कौशल, कोशल्य आदि छन । श्रीहरि रूपाखेतीको पुस्तक ‘नेपाली थर–गोत्र–प्रवर कोश’ अनुसार, सिग्देल वा सिग्द्यालय एउटै थर हुन । पुख्र्यौली थलो सिग्दीमा घर (आलय) भएकाले सिग्द्यालयरसिग्देल भनियो । आर्य–खसभित्रका दलितको मूलतः तीन वटा गोत्र छन् । एक, काशी, कोशल वा कौशल्य यि तीन, काशी कोशल। काशी पनि कहि न कहि राजाका सन्तती सँग वा ठाँउ सँग सम्वन्धित छ ।

विस्तारै जो शक्तिशाली राजा वा विद्धानको नाम कहलियो उनकै नामबाट पनि वंशज र गोत्र चलेको देखिन्छ । जस्तो रघुवंशी, भारद्धवाज, गौतम, सौनक, विश्वामित्र आदि यस्का उदाहरण हुन । एउटै गोत्रमा एउटै जिन हुने हुँदा पनि यसलाई वैैज्ञानिक रुपमा पनि गोत्र छुट्टाएर विवाह गर्ने परम्परा चलेको हो ।

गोत्र थाहा नपाएपछि कश्यप रिसिले आफ्नो गोत्र दिनु भनेकाले कति मानिसको कश्यप, कास्य, कौशिक पनि अपनाएका छन ।

गोत्र छुट्ट्याउनु पनि एक बैज्ञानिक आधार छ । समय परिस्थिती अनुसार पृथ्वीनारायण शाहले गोत्र फेरे झै गोत्र धारणा गर्ने पनि नेपाली समाजमा पाईन्छ । गोत्र थाहा नपाएपछि कति वंशजले काश्यप गोत्र अनुशरण गरेको पनि नेपाली समाजमा धेरै छ । गोत्र थाहा नपाएपछि कश्यप रिसिले आफ्नो गोत्र दिनु भनेकाले कति मानिसको कश्यप, कास्य, कौशिक पनि अपनाएका छन । गौतम बुद्धकालमा भारत वर्षमा भएका सोह्रवटा महाजनपदहरूमध्ये दुई वटा काशी र कोशल जनपदहरू थिए भन्ने तथ्यले पनि काशी र कोशल शब्दले प्राचीन पूर्खा नै जनाउँछन् । हामी समाजमा अनुभव गर्न सक्तदछौ कि आफ्नो गोत्र बोल्दैजाने क्रममा शव्द उच्चारण त्यहाँ को रहनसहन ठाँउ अनुसार परिर्वर्तन भएको छ । जस्तो अत्रि, आत्रय, मुस्ताङ्गमा भ्यापोखराबाट गएका मल्लले आफ्नो गोत्र आति भन्ने गर्दछन यस्ता उदाहरण धेरै छन ।

जात र थर

विद्वानहरूमा धेरैका् मत छ कि नदी किनारमा विकसित भएका विश्वका अन्य प्राचीन सभ्यताजस्तै भारतको सिन्धु नदी आसपासमा पनि आर्यहरू आउनुअघि नै अनेक नगरहरुको सभ्यता विकसित भएका थिए । त्यसका अवशेष हुन मोहनजोदाडो र हरप्पा सभ्यता । यसको इतिहास प्रष्ट नै भैसकेको छ । आर्यहरू यहाँ प्रवेश गरेर यहाँका आदिवासीलाई हराउँदै गएसँगै भारतमा वैदिक धर्म र संस्कृति विस्तार भएको पनि प्रमाणित भैसकेको छ । पि वि काणेका अनुसारः– ऋग्वेद (रचनाकाल ४०००–१००० ) मानेका छन । यसमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र वर्ण–व्यवस्थाको अनुपालन गर्दै जाँदा जातिको जन्म दिएको । गुण र पेसाका आधारमा वर्गिकरण गएिको वर्ण–व्यवस्थाले मानिस सभ्यता विकासक्रम सँगै त्यसले पेसा र कर्मलाई मात्रै जन्माएन कि आर्य, अनार्य, दास, दस्यु, गुलाम, द्रबिड थपिए जस्तै नेपाली समाजमा पनि क्रमशः पेशा थपिदै गएको हो । त्यही पेशाकै आधारमा जात र थर चाँही नेपाली समाजले बनाएको हो । यो समाजिक बनावट हो । जस्तो गुरुङ्ग, तामाङ्ग, ठकुरी नेवार, मल्ल, शाही, काक्री, थापाहरुको जाति र थर निर्धारण भयो त्यही जाती भित्र पनि कामको आधारमा, पेशाको आधारमा, पदविको आधारमा पनि जाति थपिदै सबैको आ आफ्नो परिचय बन्दै गयो ।

जस्तो ब्राम्हणहरुमा पौडी बाट आएका पौडेल, सिग्दी बाट आएका सिग्देल, दुल्लुबाट हिँडेका दुलाल, राखूबाट आएका रखाले, रुची ठाँउबाट आएका रुचाल, पुला बाट आएका पुलामी यस्ता धेरै उदाहरण छन ।

जनकलाल शर्माका अनुसार भन्नुहुन्छः कुनै जातिको पाँचदेखि सात पुस्तामा उत्कर्ष (माथि चढ्ने) र अपकर्ष (तल झर्ने) पनि हुन्छ । यस्तो अवस्था नेपाली समाजमा पनि प्रशस्त देख्न सकिन्छ । हामीकहाँ जात विशेषत पेसाका आधारमा जन्म्यो भने थर पुख्र्यौली थलो, पद वा उपाधि, विवाहलगायत आधारमा जन्मिएकाे हो । त्यही भित्र पनि ठाँउको आधारमा पनि जाति र थर समाजले बनाएको छ । जस्तो ब्राम्हणहरुमा पौडी बाट आएका पौडेल, सिग्दी बाट आएका सिग्देल, दुल्लुबाट हिँडेका दुलाल, राखूबाट आएका रखाले, रुची ठाँउबाट आएका रुचाल, पुला बाट आएका पुलामी यस्ता धेरै उदाहरण छन । पेशासँग सम्बन्धित जस्तै, प्रशासनको काम गर्ने कार्की, बस्नेत, थाप, पदसँग सम्बन्धित जस्तै, अमात्य, पदवी सँग शाही, मल्ल, दीक्षित गर्ने आचार्य, लामा, राष्द्रियतासँग सम्बन्धित जस्तै, भारती, नेपाली र वशजको आधारमा चन्द, शास्त्रको आधारमा, बाम्हणले राख्ने शर्मा, क्षत्रियले राख्ने सिंह, वर्मा, वैश्यले राख्ने दास, गुप्ता छन । तर आज आएर नेपालमा थरको आधारमा जात चिन्न गाह्रो छ । लामा थर लेख्ने नेपालमा दर्जन भन्दा बढी जाति छन्, लामा थरका आधारमा जाति कसरी चिन्ने ? त्यस्तै, शर्मा, राई, लिम्वु, ठकुरी, थारु, नेवार, मण्डल, चौधरी लगाएतका थर लेख्ने थुप्रै जात÷जाति छन ्। थरको आधारमा थापा क्षेत्रि, थापा मगर छन भने बुढाथोकी मगर, कामी, क्षेत्री हुन्छन् । कामको आधारमा वा पदवीको आधारमा नेपाली समाजमा मात्र होइन विदेशी परिवेशमा पनि भएको देखिन्छ जस्तो, गोल्डस्मिथ, ब्ल्याकस्मिथ, कार्टर आदि ।

शास्त्रले नेपाली समाजको सामाजिक, धार्मीक र राजनैतिक संरचनामा परापुर्वकाल देखि धेरै नै प्रभाव पारेको देखिन्छ ।

मनुस्मतीमा ब्राम्हण, क्षत्रिय, वैश्य, शुद्र कामको आधारमा वर्गिकरण गरिएको छ । यही वर्ण व्यवस्था अन्र्तगत क्षत्रिय धर्मपालना गर्ने नै ठकुरी भएका हुन । क्षेत्रिय धर्म पालना गर्ने पनि ब्राम्हण भएका छन जस्तो क्षत्रिया राजा विश्वामित्र ब्राम्हण भएका थिए । चन्दवंशी र सुर्यवंशी क्षत्रिय राजाहरु पनि विद्धान भएर ब्राम्हण भएको विभिन्न पुराणको वंशावलिमा वर्णन गरिएको छ । यि शास्त्रले नेपाली समाजको सामाजिक, धार्मीक र राजनैतिक संरचनामा परापुर्वकाल देखि धेरै नै प्रभाव पारेको देखिन्छ । जस्तै शाही मल्ल पदवी हो भने शिहं, वर्मा थर मनुस्मती लेखिएको आधारमा अनुशरण गरिएको पाईन्छ ।

आर्थिक उन्नतीमा वैश्य र सेवा पेशागत रुपमा शूद्रहरूको श्रम क्षेत्र बढ्दै जाँदा वर्णव्यवस्था अनुसार भित्र पनि विभिन्न जात र थर बढदै गयो । यो समाजको सभ्यता र विकासक्रमसँगै जात थर समाजले निर्धारण गर्दै गएको हो । नेवारी समाजमा कामको आधारमा जात र थर निर्धारण धेरै नै पाईन्छ भने हाम्रो नेपाली समाजमा शुद्र जातिमा कर्मीबाट कामी, सुनको कामा गर्ने सुनार, दमाह बजाउने दमाहीबाट दमाई, ठाँउको आधारमा जस्तै सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, गाउनेबाट गाइने, चर्म अर्थात् छालाको काम गर्ने चमार आदि थर र जात समाजमा देख्न सकिन्छ । छुवाछुत प्रथा त समाज धेरै पछि उव्जिएको हो । यसका धेरै आधारहरु केल्याउन सकिन्छ । तर जात र थर नेपाली समाजका धेरै लामो इतिहास हो ।

सामाजिक विकास र अभ्यास

मानव सभ्यातको इतिहास र विकाश खोत्लदै जाँदा हामी अफ्रिकी समाजमा पुग्नु पर्ने हुन्छ । जव मानिसहरु ढुङ्गे युगबाट विकसित हुँदै आए र सभ्य समाजको निर्माण हुने क्रममा गोत्र भन्दा पनि पहिले आफ्नो पुख्यौली मानव कुन हो त्यो रक्तखलकका मानिसको झुण्ड को को हो ? समाजको विकासक्रममा यसको खोज भएको पक्कै पनि हो । आफ्ना वंशज विस्तार भएपछि आफना पुर्वज र तिनका सन्तती पहिचान हुँदै त्यसको एकवद्धता भएको हो । मानव समाजको विकासक्रम हेर्दा धेरै लामो समय खर्च भएको छ । यति लामो समयममा मानव विकासक्रम भएता पनि सभ्य समाजको निर्धारण हेर्ने हो भने दस हजार वर्षभन्दा माथि छैन । यो शास्त्र अनुसार पनि वैज्ञानिक अध्ययन तथा अनुसन्धानबाट पनि पृष्टी भएको छ ।

जव मानिसका असिमित आवश्यकताहरु पुर्ती गर्ने क्रमसँगै मानिसका झुण्डहरु नयाँ खोज र विकल्पको अनुसन्धान गर्ने क्रममा धेरै सयम घुमन्ते जिवनमा व्यतित गरे । यहि घुमन्ते जीवनमा मानिसहरुको झुण्डहरुको समुह छोडिदै अघि बढदै जाँदा विभिन्न ठाँउहरुमा मानिसका झुण्डहरु स्थापित भए । यस्ता क्रम कोही कता कता लाग्दै गए पछि त्यही समुहहरु बीचनै एक आपसमा आफ्नै सन्तति चिन्न नसक्ने समाजको निमार्ण भयो । जव समाजको निमार्ण हुँदै गयो त्यसपछि त्यहाँको राजनैतिक आर्थिक समाजिक साँस्कृति विकासहरुको निर्धारण भयो । झुण्ड झुण्ड भएको समाजमा एक भन्दा अर्को समाज देख्दा वित्तिकै आफ्नो पहिचानको लागि सिमा क्षेत्रको निधारर्ण गर्दै आएका हुन । यस समय सम्म सयौं जाति, हजारौं उपजाति थरमा विकसित भइसकेको थियो र आफ्ना झुण्ड झुण्डको सामाजिक, राजनैतिक धार्मीक संरचना बनिसकेको थियो ।

यहि सभ्य समाजले विकास गरेको सभ्यता नै माया सभ्यता, रोमको सभ्यता, प्राचिन मिश्रको सभ्यता, मेसोपोटोमियाको सभ्यता, हवाङ्गो नदिको सभ्यता, हडप्पा सभ्यता, महनजोदाडको सभ्यता, खस सभ्यता, सिँधुघाटीको सभ्यताको होे ।

विकसित समाज सँगै खोज अनुसन्धानको क्रममा अझ सुख सयलको लागि समधर भुमिमा भएको आवादिले निर्धारण गर्दै सभ्य समाजका विकास भएको हो । यहि सभ्य समाजले विकास गरेको सभ्यता नै माया सभ्यता, रोमको सभ्यता, प्राचिन मिश्रको सभ्यता, मेसोपोटोमियाको सभ्यता, हवाङ्गो नदिको सभ्यता, हडप्पा सभ्यता, महनजोदाडको सभ्यता, खस सभ्यता, सिँधुघाटीको सभ्यताको होे । नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु– घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् । नेपाली समाज पनि एउटै सभ्यता र परम्पराको समाज होइन यहाँ विभिन्न सभ्यताबाट आएर बसेको नेपाली समाज हो । विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको समाज नै नेपाली समाज हो । ह्वाङ्हो र याङ्सी नदीको मैदानमा विकसित, युरोपबाट मध्य एसियाको ककेसिया हुँदै काश्मिरबाट पश्चिम नेपाल सभ्यता, युरोपबाट इरान हुँदै सिन्धुघाटीको वैदिक आर्य सभ्यता, मोहेनजोदारो र हडप्पाजस्ता भव्य सभ्यताहरुको झुण्ड पनि नेपालभुमीमा आएको एकिन गर्न सकिन्छ । जसरकाराण नेपाली समाज चाँही मिश्रित सभ्यताको विकासको थलो हो । हिन्दु सभ्यतामा वेद र पुराणको रचना भएपछि धर्म संस्कारलाई लिपिबद्ध हुँदै अनुशरण गर्दै हाम्रो समाजबाट सृजित भएको हो वा हाम्रो समाजले नै बनाएको गोत्र र जात थर हो । यो परम्परा नेपाली समाजमा लामो प्रयास र अभ्यासबाट आएको हो ।



दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ
dk_malla@yahoo.com 

91% LikesVS
9% Dislikes
Spread Your Love !!!