हाइटी भूकम्प अपडेट: कम्तीमा ३०४ जनाको मृत्यु, १,८०० जनाभन्दा बढी घाइते


लेखक : लेखापढी      ३१ श्रावण २०७८, आईतवार १२:२२ मा प्रकाशित     
हाइटी भूकम्प अपडेट: कम्तीमा ३०४ जनाको मृत्यु, १,८०० जनाभन्दा बढी घाइते

हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।

स्थानीय समयानुसार शनिवार बिहान त्यहाँ ७.२ म्याग्निट्यूडको भूकम्प आउँदा गिर्जाघर, होटल तथा भवनहरू भत्किएका थिए । त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

भूकम्पले काएस शहरमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ । भूकम्प लगत्तै प्रधानमन्त्री हेनरी काएस शहर प्रस्थान गर्नुभएको छ ।

घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।

“धेरै घरहरू भत्किएका छन्, मानिसहरू मरेका छन् अनि केही मानिस अस्पतालमा छन्,” भूकम्पको केन्द्रबिन्दुनजिकै बस्ने क्रिस्टेला साँ हिलेरलाई समाचारसंस्था एफएफपीले उद्धृत गरेको छ।

यूएसजीएसले पहिला हजारौँ मानिस हताहत भएको सक्ने चेतावनी दिएको थियो।

उसका अनुसार ठूलो भूकम्पपछि ५.१ म्याग्निट्यूडको एउटासहित कम्तीमा छवटा परकम्प गएका छन्।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!