मैले भोगेको समय (कोरोना संस्मरण)
हाल विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण श्वाशप्रश्वाशको माध्यमबाट अर्थात् ब्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा एक ब्यक्तिबाट अर्कालाई सर्ने रोग हो भन्ने कुरा आजको दिनमा बच्चा देखि वृद्ध सबैलाई थाहा छ तर थाहा हुँदाहुँदै अर्थात् जोगिने प्रयास गर्दागर्दै पनि आखिरमा मलाई कोरोनाले आफ्नो चपेटामा पारेरै छाड्यो ।
कोरोना संक्रमणले गर्दै मैले भोनुपरेको डर-पिडा:
जाँच गर्ने अघिलो दिन यानी 20जुलाइ 2021को दिन छोरीको गत दुइदिन देखि दात दुखेर रोई बसेकी छे, दात दुखेका कारण गाला सुन्निएकोले छिटो खाना खाएर हामी दुवै मंगलाबारे मदन भन्डारी अस्पतालमा लग्यौँ नानीको उपचार गर्न । नम्बर अन्तिम तिर भएकाले जँचाउन अलिक ढिलो हुने भयो र हामी चिसो कोक पिउन गयौं ।केहि बेर पछि नै नानीलाई जँचाएर आयौँ । गर्मी असाध्यै थियो घर आइपुग्दा मैले फ्रीजको पानी घँटघँटी खाएँ र श्रीमानले आँप काटेर दिनु भयो ।आँप संगै फ्रीजकै चिसो दहि-चिउरा पनि खाए ।
कतै निस्किन पनि मन लागेन खुट्टाका कुर्कुचा दुख्न थाले । राती खाना खाएपछि जिउ अलि कस्तो-कस्तो लाग्यो पानी तताएर खाए अनि बाहिर गए हल्का पखाला लागे जस्तो भयो सायद मेरो शरीरमा कोरोनाको जीवाणु पसि सकेको थियो होला । हाम्रो छिमेकमा बस्ने कमला दिदिलाई हिजै पोजेटिभ देखियो भन्ने जानकारी हुदाहुदै पनि मैले तातो चिज खानु सट्टा खोजी खोजी चिसो खादै गए यसलाई मेरो लापरबाही भन्दा पनि पाप लाग्दैन किनकी त्यतिबेला मलाई पनि कोरोना हुन्छ भन्नेकुरा रत्तिभर पनि मेरो दिमागमा आएन ।
पहिलो दिन
आज गुरु पुर्णिमाको दिन र सधैं पुर्णिामाको व्रत बस्ने गरेकोले बिहानै नुवाइ धुवाइ गरेर पुजा गर्न जाँदै गर्दा अचानक रिंगटा लागो सवै घुम्यो श्रीमानलाई भने चक्कर आयो भनेर उहाले यता बस यता बस भन्नू भयो म थचक्क बसे निकै बेर पछि अलि राम्रो लाग्यो र पुजा गरेँ तर जिउ निकै भारी भै रहयो वर्तको दिन ढल्किन पनि मिलेन बसेरै बिताए। केही फलाहार बनाउने आँट सम्म आएनँ बेलुका भयो मैले पुजाको सामग्री जसो तसो तैयार गरेँ चामलको आधा चन्द्रमा नव ग्रह सोर्ह सुते बाती चन्दन अबिर धुप अर्घ्य दिने दहि अक्षता अनि गोबरको कुण्ड साथै सेतो प्रसाद खीर पकाएँ पुजा गरेँ अनि अर्घ्य दिएर राति त्यही खीर खायौं बिहान भएछ मलाई थाहा भएन म आगो भित्रको भुङ्ग्रो जस्तै भएकी थिएँ रे श्रीमानको भनाइ अनुसार मलाई ज्वरोले खर्ल्ल्क्कै निलिसकेको थियो उहाँ हतार् हतार औसधि पसल गएर मेरो लागि औसधि लिएर आउनु भयो सिटामोल खाएँ ज्वरो अलि कम्ती हुँदै गयो बिस्तारै ।
नाक बन्ध भयो हेर्दाहेर्दै म त्यही चिसोलाई दोष लगाउँदै बसेँ तर अब मलाई डर पस्यो किनकी छेउमै कमला दिदी निकै सारै हुँदै जानुभएको छ ।
श्रीमानले भन्नुभयो तिमी केही गर्नु पर्दैन आराम गर म पनि तेत्तिकैमा निधाएछु एक्छिन पछि फेरि मलाई बोलाए जस्तो लाग्यो ज्वरो उस्तै आगो थियो अनि फेरि पनि सिटामोल खाएँं मलाई हल्का पखाला पनि लागि रह्यो तर मैले केही वास्ता गरिनँ । नाक बन्ध भयो हेर्दाहेर्दै म त्यही चिसोलाई दोष लगाउँदै बसेँ तर अब मलाई डर पस्यो किनकी छेउमै कमला दिदी निकै सारै हुँदै जानुभएको छ ।
अब घरमा उपचार सम्भव नहुने जस्तो लाग्यो र मलाई अस्पताल पुर्याउनु भयो कोरोना जाँच गर्न नाम दर्ता गरियो ३३नम्बर को चिठ्ठा हात पर्यो समय अधिक लाग्दो रहेनछ परिक्षण गर्न करिवन एक जनाको एक मिनट नाकबाट सुइरो घुसार्ने डरले बरु बिना परिक्षण फर्किनु जस्तो भाको थियो तर आँट गरेँ दुई पल्ट भुँडी चिर्दा नडराएको मान्छे भनेर हिम्मत बटुले र आफ्नो पालोमा गएर ठाडो भएर बसेँ नाकमा फिर्के लाए जस्तो लाग्यो हाछ्युँ आए त सन्चो हुन्थियो नाक चिलाई रह्यो तर सोचे जस्तो केही गारो भएन । अब पर्खाइ थियो बिचारको ! हामीलाई ध्यानसँग सुन्न निर्देशन गरियो नाम बोलाए जति पोजिटिभ हो बस्नुपर्यो र नाम नबोलाए जति आ आफ्नो घर जान सक्नुहुन्छ भन्ने सुझाव भयो नाम आएन म फुरुक्क परे म सँग आएकाको नाम आयो अनि अन्तिम तिर मेरो पनिपो नाम आयो तेत्रो हासी रहेकी म थछक्क बसे रिंगटा लाग्यो बमिट भयो खै के भयो सायद डराए म सवैले हिम्मत दिनु भयो म त वहि लाचार भै सकेँ औसधि लिन पनि उभिनु सकिन जादा स्कुटिमा गएकी म आउँदा गाडीमा आउनु पर्यो सुतेर ।
हेर्दाहेर्दै मलाई पनि अंकमाल गर्यो पापी कोरोनाले जति खादा पनि नअघाउने निस्ठुरी रहेछ ।तर असल श्रीमान पाएकी रहेछु मलाई थाहा थिएन मेरो श्रीमानले मलाई यति धेरै माया गर्नुहुन्छ भनेर ।
म बोर हुन्छु भनेर बेला बेला गाना गाएर सुनाउने हर पल हर समय मेरो छेउछाउ के खान मन छ सोध्ने तातो झोलिलो पकाएर क्षण क्षणमा दि रहने यस्तो लाग्छ जनम जनम म उहाँको ऋणी रहने छु ।
कोरोना पोजिटिभ आउने साथ आफ्नै हातले ओछ्यान लगाउन देखि लिएर तातोपानी खाने भाप लिने औसधि समय समयमा दिने देखि फलफुल आदि समय समयमा खुवाउने अनि छोराछोरीको जम्मै देख रेख घरको काम पुजा आजा घर धन्दा सम्हालेर मलाई हिम्मत र साहास दि रहनु भएको छ म बोर हुन्छु भनेर बेला बेला गाना गाएर सुनाउने हर पल हर समय मेरो छेउछाउ के खान मन छ सोध्ने तातो झोलिलो पकाएर क्षण क्षणमा दि रहने यस्तो लाग्छ जनम जनम म उहाँको ऋणी रहने छु । यसरी आज पहिलो दिन देखि म अल्ग्गै कोठामा सतर्कताले बसेँ राती जम्मा आठौं प्रकार का औसधि खाए पछि कतिबेला भुस्सुक्कै निधाए थाहै भएन ।
दोस्रो दिन @@
आज बिहान एक्कासि श्रीमानले बोलाउँदा झसङ्ग भएँ मरेको लास जस्तो भएर सुतेको सुतै भएँछु फोन आइ रहेको रहेछ आफन्तु अनि साथी हरूको तर केही थाहा भएन मलाई शरीर अझै बिग्रदै गयो उभिन नसक्ने भएँ थरर काम छुट्छ दुर्वल बनाउँंदो रहेछ असाध्यै आँखा धमिला हुन थाले उभिन पनि नस्क्ने । मलाई डर पस्न थालो म मरे भने छोराछोरी ??? तर श्रीमानको माया र देख रेखमा आफुलाई धन्य सम्झे
एक एक छिनमा मलाई खुवाउने र कम्जोर बन्न नदिने बेलुका गेडागुडीको झोल बनाएर खुवाउनु भयो यसरी दोस्रो दिन बित्यो
तेस्रो दिन@@
आज मेरो गुप्तवासको तेस्रो दिन हो सारा सरीरका गाठा गाठीहरू दुखेका छ्न नाकले गन्द भने पाइरहेको छ सोमबारको दिन के गर्नु व्रत लिन मिलेन बिरामीले ! साउन बारेकी थिएँ तर लसुन पियाज नखाई नहुने भयो नुवाउनु पनि हुँदैन अरे कोरोना संक्रमितले गारो छ जिन्दगी के गर्नु जीवन देखि ठूलो केही हुदो रहेनछ परिस्थितिकोदास हो मान्छे समय सँग हिड्नै पर्यो तेसैले बिहान खिचडी पकाएर ल्याउन भयो मन ले मानेन तातो पानी तताइ मागेर नुहाए जे सुकै होस मरे मरौं। आज ओछ्यान सिरानी सुकाएर सवै कोठा सेनिटाइज गरेपछि मन पनि अलि राम्रो लागो तर आँखा धमिला अनि जिउ टिन चार दिनको सफर ट्रेनमा गरेर आएको घङ्गधन्ङे लागे जस्तो भएको छ एक साइड टाउकोमा सोला हानेको हानै छ टाउको उठाउन नसक्ने भएँ ,बेलुका श्रीमानको पनि जिउ असन्च भयो केटाकेटीको अलि चिन्ता बड्दै गयो तर म भने ठिक हुँदै गए यसरी तेस्रो दिनलाई पनि बिदा दिउ ।
चौथो दिन@@
बिहान देखि बेलुका सम्म टाउको दुख्यो
न मज्जले खाननै सके न त सुत्न मेरो हेरचाह गर्दागर्दै श्रीमान पनि बिरामी भएर लड्नु भयो कोरोनाको लक्ष्ाण होकि भन्ने डर भयो ससाना दुइटा नानी पकाएर दिने सम्म मान्छे छैनन जस्तो तसो भात पकाउनु भयो म त उभिन पनि नसक्ने रिंगटा लागेर लडि हाल्छु बेहाल भको छ भात खाका भाडा तेतिकै बाहिर मोल्न नसकेर लडि रहेकाथिये कमला दिदिले देखेर मोलि दिनु भयो हालत बर्वाद भएको छ ।
पाँचौ दिन@@
आज अलि राम्रो लागेको छ बिहानै नुहाए टाउको जिउ खाना बनाए श्रीमान बिरामी केटाकेटी टिभिमै ब्यास्त उपाए छैन बाहिर निस्की नसक्नु छ आज नगरपालिकाले पनि कर्मचारी पठाएर घर सेनिटाइज भयो
छैटौं दिन @@
हिजो अलि निको भए जस्तो भैएथो तर आज फेरिसारै पारो उठ्नै नसक्ने थर थरी काम्ने आँखा धमिलो देख्ने गन्द नपाउने अनि निन्द्रा मात्रै लागि रहने कान ट्याप्प बन्ध खानाको स्वाद छैन मारेर छोड्यो कोरोनाले दिन दिनै भिन्नभिन्न खाल्को बिराम देखा पर्छ
सातौ दिन @@
आज निकै राम्रो भयो काका घरबाट पुजाको प्रसाद पुरी सब्जी अचार ल्याइ दिनु भएको थियो नखाउ भन्दै हुनुन्त्यो श्रीमान कति दिन बारेर सक्नु जे सुकै होस भन्दै मैले त खाइ दिए
आठौं दिन
आज निकैसन्चो भयो लुगा धोये सम्पुर्ण स्वास्थ भन्दा पनि गल्ती हुदैन बिहान दलिया दिउँसो खाना बेल्का नास्ता सब गरिउ दिन राम्रै गयो लाग्छ निको भए अब चाहिँ
यसरी पुरै सन्चो भएत पनि आज 12 दिन पछि पनि जिउ गल्न छाडेको छैन केही गर्न आँट आउदैन सारै दुर्वल पार्दो रहेछ कोरोनाले
आजभोली अर्को एउटा् कुराको जानकारी गराउन मन लाग्यो हाम्रै छिमेकी अजि र अजा साइनो मा बिख्यात दुई वृद्ध लाई खोप लगाए पछि पनि कोरोना पोजिटिभ भएको आज 14दिन भएको छ र सावधानी सवैले लिनु अनिवार्य छ खोप लगाएको छ भन्दैमा ढुक्क पर्नु चाहिँ मुर्खता हो ।
नियमित रुपमा हात धोइरहनु – खासगरि खाना खानु भन्दा अगाडि, र सिंगान पुछ्नु, खोक्नु, हाच्छ्युँ गर्नु, र शौचालय जानु आदि गरिसकेपछि सेनिटाइजर लगाउनु नियमित माक्स लगाउनु मेरो निम्ति जस्तै एउटा नित्यकर्म बनी सकेको छ ।
मा बाबाको मायालाई धन्यवाद शव्दले माप्न कहाँ सकिन्छ र यहाँ काका काकी मेरा आमा बुवा भन्दा कम्ती हुनुहुन्न अगिल्लो जन्ममा सायद उहाँकै छोरी थिएँ जस्तो लाग्छ बेला बेला।
म बिरामी हुँदा मेरा परिवार आफ्ना आफन्तु आमा बुवा अनि काकाहरुबाट जुन माया र साथ पाए सायद मेरो धन्यवाद शब्द थोरै हुन्छ आमा बाबाको मायालाई धन्यवाद शव्दले माप्न कहाँ सकिन्छ र यहाँ काका काकी मेरा आमा बुवा भन्दा कम्ती हुनुहुन्न अगिल्लो जन्ममा सायद उहाँकै छोरी थिएँ जस्तो लाग्छ बेला बेला। साथै मलाई मेसेन्जर व्हाट्सप बाट कल मेसेज गरेर मेरो खबर लिनुहुने मलाई साहस दिनुहुने सम्पुर्णमा साथै अनेसास परिवारमा पनि म धेरै धेरै धन्यवाद टक्राउन चाहान्छु ।हो सारै राम्रो लाग्दो रहेछ यसरी बिरामी भएको बेला सवैले माया गरि दिदा । र साथै खा खवर लिनु पर्दो रहेछ भन्ने अर्को ज्ञान् थपिएकोमा आनन्दको माप चौगुणा भएको छ ।
आज फेरि अर्कोपटक कोरोना जाँच गर्ने दिन
पहिलोचोटि भन्दा धेरै दुख्यो एउटा् मात्रै कहाँ आज त दुईवटै नाकमा फिर्के लगायो । असाध्यै दुखेतपनी खुशी छु आज
हजुरहरू सवैको आशीर्वादको फलस्वरूप
र साथै चिकित्सकको परामर्श अनि समयमा सरकारी औसधि र उपचार साथै श्रीमानको स्नेह अनि हेरचाहले कोरोना सँग भिड्न र आँफुबाट उसलाई निर्मुल पार्न सफल भएँ
कोरोनाले स्या स्या हैन अब कोरोनालाई स्वाहा स्वाहा
कविता शर्मा
बङाइगाउँ असम भारत