गुलाफको फूल (व्यङ्ग लधुकथा)


लेखक : लेखापढी      ३० श्रावण २०७८, शनिबार १३:०७ मा प्रकाशित     
गुलाफको फूल (व्यङ्ग लधुकथा)

धेरै बर्ष अघिको कुरा जब कक्षा पाँच देखि अँग्रेजी पढ्ने गरिन्थ्यो!

शिक्षक- “राकेश लौ भन त अंग्रेजीमा गुलाफको फूल लाई के भनिन्छ ?”

राकेशले यता उति हेर्दै सोच्न थल्यो- “मैले अस्ति मात्र याद गरेको थिए” ल कसरि बिर्सिएछु भन्दै झ्यालतिर हेर्यो ! त्यही समयमा अर्को ठुलो कक्षाको एउटा विद्यार्थिले हातले एउटा फक्रिएको फूलको आकार बनाएर विद्यालयको मैदानतिर औल्याएर ईसारा गरेर देखायो । विद्यालयको मैदान भित्र गाई, भैसी, र बाख्राहरू चरिरहेका थिए !

उसलाइ भन्न निक्कै गाह्रो पर्यो, घोडा अलिक नजिकै थियो!

शिक्षकले के भयो राकेश भन्दा झसङ्ग भएर दुइ हातले अनुहार छोपेर भन्यो — “सर घोड़ा …..

शिक्षकले केहि भन्नै नपाई सारा कक्षाका विद्यार्थीहरू खित्का छोड़ेर हाँस्न थाले ।


हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!