याेग्यता: लघुकथा


लेखक : लेखापढी      ३० श्रावण २०७८, शनिबार १३:५५ मा प्रकाशित     
याेग्यता:  लघुकथा

ट्वाइलेटमा पुस्तक, खल्तीमा चिट, हात खाली र दिमाग सून्य थियाे । म उभिरहेकाे थिएँ । परीक्षार्थीले भन्याे ।

–“सर पानी खाउँ न !”

मैले पानीकाे जग उचालेर उसलाई दिएँ । असाध्यै गाह्राे भएर हाेला सायद, पानी खुब तन्कायाे । आकासतिर हेर्याे अनि मैले उसलाई सम्झाएर भने ।

–“ल ! ल ! राम्ररी लेख्नाेस !”

उसकाे हात पाइण्टकाे खल्तीबाट निस्कन सकेन । अन्कनाउन थाल्याे । उसले फेरि मलाई भन्याे ।

–“सर ! म एकचाेटी ट्वाइलेट जाउँ ?”

–“नियमले दाेहाेर्याएर त मिल्दैन । ल भैगाे छिटाे आउनुस !”

विद्यार्थी तुफानसरी ट्वाइलेटमा पुग्याे। उसले खाेजेकाे पुस्तक ठिक्क आँखा अगाडि पर्याे र साे किताब सर्रर पल्टायाे । पाना च्यात्याे र परीक्षा हलमा आएर बस्याे । संयाेग बस साे हलबाट म अर्काे हलमा पुगेँ । उसले आफ्नै धुनमा पानाका अक्षरहरू सारिरहेकाे थियाे । म उसकाे छेउ पुग्नासाथ डरले के गराैँ के गराैँ लागेर च्यातिएकाे पानालाई मुखमा राखेर खुब चपायाे । मैले उसलाई फेरि साेधेँ ।

–“उल्लू ! के गरेकाे याे ?”

–“सर ! माष्टरकाे परीक्षा दिएकाे !”

म नाजवाफ भएँ । उसकाे अनुहार कालाे निलाे थियाे । उसले मलाई मनमनै सायद साेधिरहेकाे थियाे ।

साथै उसकाे खाली कापी पल्टाएँ । लाेलाएका आँखा घाेप्टिरहेकाे थियाे । कापीकाे अन्तिम पानामा लेखेकाे देखेँ !

–“बेबकुफ माष्टर ! मेराे शुल्क खुब चपाइस्, हैन ?”

समय सकिएपछि मैले उसकाे रूग्ण अनुहार खुब हेरेँ । साथै उसकाे खाली कापी पल्टाएँ । लाेलाएका आँखा घाेप्टिरहेकाे थियाे । कापीकाे अन्तिम पानामा लेखेकाे देखेँ !

–“पहिला तँ भिक मागेर खान्थिस् ! अब मलाई भिक मङ्गा बनाइस् !”

मेराे पेन्सनपछि छाेरालाई एक दिन साेधेँ ।

–“तेराे पढाइ अचेल कस्ताे चलिरा छ ?”

उसले गर्वका साथ मलाई निकै अर्ति उपदेश सहित दिंदै बाठाे कुरा गर्याे ।

–“पढ्नै पर्छ भन्ने संविधानमा कतै लेख्या छैन !”

मेराे मनमा एउटा ताेड चलेकाे थियाे । मैले छाेरालाई हप्काएँ र नराम्री गाली गरेँ ।

–“गाेरू ! अब तँ पनि नेता भइछस् !”


~डा. विदुर चालिसे

100% LikesVS
0% Dislikes
Spread Your Love !!!