माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गते सम्म गर्ने प्रस्ताव


लेखक : लेखापढी      ३० श्रावण २०७८, शनिबार १४:३० मा प्रकाशित     
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गते सम्म गर्ने प्रस्ताव

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेपछि पुस ११ देखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्षले ल्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ । 

उक्त प्रतिवेदनमाथि छलफलको लागि ८ वाट समूह विभाजन गरिएको छ । बैठक भोलि ११ बजे बस्ने उनले बताए । बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुनेछ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!