लुम्बिनीमा आजै नयाँ सरकार : मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दाबी


लेखक : लेखापढी      २८ श्रावण २०७८, बिहीबार १३:२१ मा प्रकाशित     
लुम्बिनीमा आजै नयाँ सरकार : मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दाबी

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । 

केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जना सांसदहरुले हस्ताक्षारसहितको दाबी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रस्तुत गरेका छन् । सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन् । 

उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!