प्रधानमन्त्रीले देउवाले रोके डा. जागेश्वर गौतमको सरुवा


लेखक : लेखापढी      १९ श्रावण २०७८, मंगलवार १२:४८ मा प्रकाशित     
प्रधानमन्त्रीले देउवाले रोके डा. जागेश्वर गौतमको सरुवा

प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमसहित चारजनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।

केहीदिनअगाडी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।