प्रशिक्षक अलमुतैरीले मागे माँफी


लेखक : लेखापढी      १८ श्रावण २०७८, सोमबार १६:५६ मा प्रकाशित     
प्रशिक्षक अलमुतैरीले मागे माँफी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् । 

दुई साता अघि अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारणले आफू राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाह अलमुतैरीको अभिब्यक्तिपछि राष्ट्रिय टोलिका प्रशिक्षण समेत प्रभाबित भएको छ । उक्त विवादकै बीच एन्फाका प्रवक्ता किरण राईले सोमबार पदबाट राजिनामा दिनुभएको छ । एन्फाले उक्त विवादबारे छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको थियो ।

प्रशिक्षक अलमुतैरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले गलत मनशायले कुनै पनि अभिब्यक्ति नदिएको भएपनि नेपाली जनता र विशेषगरी फुटबल अधिकारी तथा पूर्ब खेलाडी, प्रशिक्षकसँग क्षमा चाहेको बताउनुभएको छ ।

अलमुतैरीले आफू कसैप्रति पूर्बाग्रही भएर अन्तर्वातामा टिप्पणी नगरेको बताउनुहुँदै नेपाली फुटबल र नेपालको फुटबल यात्रालाई आफूले गर्वको रुपमा लिएको उल्लेख गर्नुभएको छ । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!