वीर अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम


लेखक : लेखापढी      १८ श्रावण २०७८, सोमबार १६:५० मा प्रकाशित     
वीर अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. जागेश्वर गौतम

 सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ।

कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह सरूवा गरिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै  डा. गौतमलाई हटाएको हो । 

वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । ‘वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’