माथिको आदेश


लेखक : लेखापढी      १७ श्रावण २०७८, आईतवार ११:४६ मा प्रकाशित     
माथिको आदेश

चैत महिनाका अन्तिम दिन थिए । मुलुकभर लकडाउन थियो । देशदेशमा मानिसहरू धमाधम कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल–पुर्याइएका थिए । देशका विभिन्न अस्पतालमा मृत्युवरण गर्नेको संख्या झण्डै ९–१० हजार पुग्न आँटेको थियो । लकडाउनको १९ दिन बितेका थिए ।

सूर्यको किरण तेज गतिमा पृथ्वीमा पोखिएको थियो । सडक तातेको थियो । तीव्र गर्मीका कारण चराचुरुङगी कतै च्याँ–चु गरेको सुनिएको थिएन् । शायद बासझ्याङ वा अन्य हरिया गाछीमा शितल तापेर आराम गर्दै थिए ।

सडकमा पातला प्रहरी गस्तीका गाडी र यदाकदा बिरामी ओसार्ने एम्बुलेन्स कुदेको    देखिन्थ्यो । गाउँँमा गाईगोरु खोलेर चौरी लाने काम चैँ भइरहेको थियो ।

तेज गर्मीको परवाह नगरी, मुल सडक पनि नटेकी, जंगलको बाटो लछारिँदैै नयनचन्द्र दाइ मेरो आँगनमा पाइला राख्न आइपुगेछन् । आँगनमा उभिएर ठूलो स्वरले हपारेछन् “घरमा को हुनुहुन्छ ?”

त्यस बेला मेरा घरमा पाँच जनाको परिवार थियो । पत्नीको पुरानै धन्दा थियो । जो नियमित गर्नैपर्ने, लकडाउनले असर नपार्ने । छोरी थिई, नाति थियो । छोरो कताकता काममा कुदने गर्दथ्यो ।

मेरो दैनिकी पुस्तकमा आँखा कुदाउने र डटपेनले कागजमा कोर्ने भनौं भँगेरे अक्षर छाद्ने आदि थियो । अर्कातिर बिहान आफ्नो नित्यकर्म सकेर चिया पिउने र पालेको भैँसी र बोका र बाख्रालाई चौरीमा लामो डोरी लगाएर पगाहा लगाउने हुन्थ्यो ।

नमस्कारले स्वागत गरे । हात मिलाउन एकप्रकार प्रतिबन्ध जस्तै थियो । बाहिर आँगनमा कुर्सी निकालेर बस्यौ ।

त्यस दिन कोठामा एक्लै पुस्तकमा आँखा जोतेर समय बिताउँदै थिएँ । बिछ्यौनामा ढल्केकै अवस्थामा आँखा लोलिएछन् । बाहिरको आवाज सुन्न केही कठिनाई भएछ । नयनचन्द्र दाइले ठूलै स्वरले हपारेको आवाज कानमा बज्रियो । अतालिँदै उठेँ । म बाहेक त्यस बेला घरमा कोही थिएन । परिवारका सदस्य गाउँतिर कतै गएका थिए । ओछ्यानबाट उठेर बार्दलीमा आउँ । आँगनमा हेरेँ । नयनचन्द्र दाइ उभिएका रहेछन र हुर्रिदै भञ्याङबाट तल झरेँ । नमस्कारले स्वागत गरे । हात मिलाउन एकप्रकार प्रतिबन्ध जस्तै थियो । बाहिर आँगनमा कुर्सी निकालेर बस्यौ । मन्दमन्द गतिमा पूर्वीय हावा चलेको थियो । नयनचन्द्रले अनुहारमा आँखा पुर्याए । निदाउरो चिन्तित जस्तो देखेँ, उनका आँखा पनि रसिला जस्ता लाग्दथे । अनुहारले चिन्ता व्यक्त गरे झंै लाग्दथ्यो । कुनै ठूलो संकटले घेरेजस्तो आभाष हुन्थ्यो । उनको मानसपटल सहज छैन भन्ने अन्दाज लगाएन, मलाई सजिलो भयो ।

हाम्रो बिच वातचित प्रारम्भ भयो

उनले निधारको पसिना पुछे । एकपल्ट कटक्क दारा किटेझैं गर्दै भने “भाइ ! तिमीसँग केही जरुरी कुरा गरौ भनेर म आएको ।” भन्दै आँखा कोठे वारितिर घुमाए ।

म यथास्थानमा थिएँ, भने लौ के छ त्यस्तो विशेष कुरा जान्ने भनेर उत्सुकता देखाएँ । मुखाकृति हँसिलो पारेँ । आँगनमा भएभरका परेवा भेला भएका थिए । बिहान उनीहरूलाई हालिदिएको बचेखुचेको चारो धानका दान टिप्दै थिएँ ।

मेरी पत्नीको मुखमा हेरेर, उनी पुनः मौनजस्ता भए । आफ्ना बेथा पोखौं कि नपोखौं भएछ ।

गाउँँ घुमेर त्यही समयमा मेरी पत्नी पनि घर आइन् । त्यही आँगनमा एउटा कुर्सी तानेर थचक बसिन् । मेरी पत्नीको मुखमा हेरेर, उनी पुनः मौनजस्ता भए । आफ्ना बेथा पोखौं कि नपोखौं भएछ ।

मेरी पत्नीलाई नजिकै बसेको देखेर आफ्ना कुरा गर्न हच्किए वा ह्च्किचाए । उनको मनको आशय बुझेर मैले “धक नमानेर भन्नोस् । मैले सक्ने सहयोग गर्दछु र मेरा घरबाट गोप्य कुरा चुहिएर बाहिर पनि जाँदैन, ढुक्क हुनुहोस ।” भनेँ ।

म त डुबेँ, छोरी अब कसरी देश फर्कन्छे भन्ने चिन्ताले मलाई दिन भोक न रात निन्द्रा भएको छ । तिमी के सहयोग गर्न सक्छौ ।

मैले यति आश्वासन दिएपछि उनले उज्यालो अनुहार पार्दै भने, “भाइलाई थोरै कुरा त थाहा छ नि, पाँच वर्ष अघि मेरी छोरी शोभा डाक्टर पढन बंगलादेश गएकी थिई । यही चैतको अन्तिम सप्ताह उनको परीक्षा हुनेवाला थियो । परीक्षा सकेर घर आउने वाला थिई । यता आएपछि सरकारी वा निजी अस्पतालमा व्यवस्था नहोउन्जेल, आफ्नै प्राइभेट क्लिनिक खोलेर बसाउने योजना थियो, बर्बाद भयो । म त डुबेँ, छोरी अब कसरी देश फर्कन्छे भन्ने चिन्ताले मलाई दिन भोक न रात निन्द्रा भएको छ । तिमी के सहयोग गर्न सक्छौ । बंगलादेशमा त लकडाउन छैन । भारत हुँदै आउनुपर्छ । भारतमा पनि लकडाउन छ, गुडेर आउने त कुरै भएन् । उडेर आउन सरकारले हवाईसेवा बन्द गर्यो । स्वभाविक हो, अलपत्र त परिगइयो नी । विश्वव्यापी नै यातायातका साधन बन्द छन् ।”

कति रहेछन् नेपाली विद्यार्थी बंगलादेशमा, सोध्नुभो भनेर मैले उनीबाट जान्न चाहेँ । उत्सुकता देखाएँ ।

म त लोग्नेमान्छे भए चित्त बुझाएको छु । तिम्री भाउजु र छोरीको मायाले भक्कानिएकी छ । बंगलादेशबाट दिनैपिच्छे फोन गर्दछे ।

“त्यो एक प्रकारको प्राक्टिकल प्रयोगात्मक परीक्षा हुन्छ रे, उही विश्वविद्यालयमा त्यो नदिईकन केही नेपाली छात्राहरू घरविदामा आएका थिए रे, यतै थुनिएर बंगलादेश जान पाएनन् । शोभा परीक्षा सकेर एकै पटक नजाने गरेर आउने भएकी थिई, बित्यास प¥यो । नेपाली केटाहरू अर्कै छात्रावासमा र अर्र्कै विश्वविद्यालयमा बस्तछन् रे । मेरी छोरी शोभा बसेको छात्रावासमा भुटानकी एक छात्रा बस्दथिन् रे । यो कोरोना भाइरसको हल्ला हुनेबितिकै उनको देशको सरकारले अरु केटासहित महिलालाई स्वदेश फिर्ता लग्यो रे । अहिले शोभा बसेको छात्रावासमा अफ्रिकी मुलका काला जातिका केही छात्रा छन् रे । खर्चको अभाव छैन । मानसिक तनावले दिमाग शिथिल भएको छ, रोएर रात बिताउँदछे रे भन्ने सुनेको छु । पढन मन पनि लाग्दैन् । दिक्दार लाग्छ, अस्तव्यस्त भएकी छे रे । म त लोग्नेमान्छे भए चित्त बुझाएको छु । तिम्री भाउजु र छोरीको मायाले भक्कानिएकी छ । बंगलादेशबाट दिनैपिच्छे फोन गर्दछे । आँसु झार्दछे । रोएको आवाज सुनिन्छ । यता आमा दुखको सुस्केरा हालेर रुन्छे, उता छोरी, बीचमा म र अरु परिवार छौं ।”

“शोभा त विश्वविद्यालयको छात्रावासमा बस्तछे । त्यहाँ त दाइ कडा सुरक्षा व्यवस्था हुन्छ । ती अफ्रिकी छात्रा पनि साथी नै भए । किन तपार्इँ यति चिन्तित, सुर्तालु, उनीहरू केटाकेटी छैनन । लामै समय बंगलादेश बसेका छन् । त्यहाँको भाषा सिके, रहनसहन र व्यवहार सिकेका छन् । जानेका छन् ।” मैले नयनचन्द्र दाइलाई सम्झाउने प्रयत्न गरेँ ।

गहभरी आँसु पारेर दाजु रुनरुन खोजे, वास्तवमा छोरीको माया अगाध हुँदोरहेछ भन्ने लाग्यो । मायाले पोलेर मान्छे विरक्तिदो रहेछ विदेशी भूमिमा, उमेर पुगेकी छोरी अलपत्र परेको समाचारले दाजुलाई चिन्ताग्रस्त पारेछ । सोचेँ, केही बेर गम खाएर बसेँ, केही बोलिन्ँ । उनलाई नियालेर हेरिरहेँ ।

जे हुन्छ, पिइदिन्छु भन्दै हाँस्न खोजे । तर अन्तरहृदय कुण्ठित भएकोले हाँस्न सकेनन ।

श्रीमतीले तल झरेर चियाको प्रबन्ध गरिन । सदा त नयनचन्द्र दाइ चिनी हालेको चिया खाँदैन थिए । आज कुनै प्रतिक्रिया नजनाई बसे । चिनी हालेकै चिया हातमा आयो । जे हुन्छ, पिइदिन्छु भन्दै हाँस्न खोजे । तर अन्तरहृदय कुण्ठित भएकोले हाँस्न सकेनन । मैले भनेँ “यदाकदा त दाइ चिनी हालेकै चिया पिउनुपर्दछ, पच्दछ । हामी त सानामा पहाडमा हुँदा उखु खेती गर्दथे बाबुले । प्रशस्त सखर बनाउँदथे । सखरका डल्ला खाने गथ्र्र्यौं । अहिले बूढेसकालमा पनि चिनी नहालेको चिया त निलिँदैन । मुख ढाँटेजस्तै हुन्छ ।” भनेर हँस्यौली गर्यौं ।

नयनचन्द्र दाइ, केही वर्ष पहिला पहाडको दुर्गम गाउँँबाट तराईमा बसाई आएका थिए । राजमार्ग नजिकैको गाउँँ भएकाले त्यो गाउँँ पनि चल्तापुर्जा नै थियो । जेठो छोरा ठेक्कापट्टा गर्दथ्यो । बाबुसँग भिन्न भएर बसेको थियो । ‘ख’ श्रेणीको ठेकदार थियो । माहिलो छोरा व्यापारी थियो । दैनिक उपभोगका सामान किनबेच गर्दथ्यो । कान्छो छोरो शिक्षण पेशामा थियो । तीन जना छोराका सन्तान भएका थिए उनी । कान्छी बुहारी साथमा थिइन् । एउटा जर्सी गाई पालेका थिए । गाईको दुध बिक्री गर्न बजारमा बुहारी आफै जान्थिन् । जेठी छोरी विवाह भएर पोइको घर गएकी थिइन् । सन्तान नभएकाले परिवार चिन्तित भएको थियो । तीन/चार बर्षदेखि सामान्य मनोमालिन्य भएकाले जुवाई ससुराली आएका थिएनन् । छोरी पनि तीन दशै र तिहार माइत आएकी थिइन् । कान्छी छोरी डाक्टर हुन बंगलादेश गएकी थिइन् ।

यो विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस रोगले धमाधम मान्छेहरू मर्दै थिए । झण्डै एक लाख मानिसले यही रोगले ज्यान गुमाएका थिए । संसारका मानिसहरू त्रसित हुँदै थिएँ । सिमाना नाघेर भारतबाट पैदल नै नेपाल प्र्रवेश गर्ने मान्छेहरूको घँुइचो थियो । भारतमा कोरोना भाइरसले गाँजेर मृत्यु हुनेको संख्या बढ्दै थियो । सरकारले सिमानामा मानिसलाई आउनजान रोक लगाउने प्रयत्न त गरेको थियो तर मानिस टेरिरहेका थिएनन् । उनीहरू घर आउँदै थिए । चोरबाटोबाट या त राति सिमाना काट्ने गर्दथे ।

नयनचन्द्र दाईको व्यथा सुनेपछि मलाई पनि कताकता नमिठो लाग्यो ।

“व्यथा त पोख्नुभयो दाजु, त्यहीँबाट बंगलादेशस्थित नेपाली दुतावासमा फोन सम्पर्क गर्न पाएको भए एउटा निकास निस्कने थियो ।” मैले भनेँ ।

“राजदुतावासमा त मेरी छोरीले दशौंपल्ट साँझ, बिहान, दिउँसो फोन गरेकी तर कसैले पनि फोन उठाउन्न रे । दिक्दार भएर छाडेकी भन्दथी ।…..शोभाले उहीँबाट रुँदै फोन गरेकी भाउजु र आमाले उसँग कुरा गरेका रहेछन् । के बताउँ भाइ । त्यो ढाका विश्वविद्यालय, जहाँ नेपाली विद्यार्थी बस्दछन्, अरु बेला त सुरक्षित जस्तो लाग्दथ्यो । सायद धेरै विद्यार्थी बसेकाले होला । अहिले सुरक्षित छैन । अचम्मको विषय भनौँ, तीन जना मुस्लिम तिध्रे युवाहरू त्यहाँ छिरेर उप्रद्रो गरे रे । अर्को तर्क ग¥यौ । कसरी छिरे ? सुरक्षा गार्डले सहज अनुमति दियो कि ती गार्डलाई मार्ने धम्की दिएर, हतियार देखाएर छिरेका हुन कि अर्थात अन्यत्र कतै चोरबाटो छ र त्यस्तै संकटकालीन दुलाबाट छिरे भने भन्न सकिदैन । छिर्न चाहिँ छिरे रे तीन जना । तिन जना तिघे व्यक्ति छिरेका थिए । मेरी छोरीसँगै बस्ने अफ्रिकी काला छात्रा थिए रे तीन जना । उनीहरुको कोठा फरक थियो रे । ती मुस्लिम केटाले ती छात्राहरुलाई पेस्तोल देखाएर भनेरे हामी जे भन्छौ मान्, बच्ने मन भए नत्र मछौ । मरेपछि झ्यालबाट लास मिल्काइदिउँला । हल्ला गर्ने होइन, चुपचाप हाम्रो भनाई र गराईलाई स्वीकार गरेर बस्ने ।” भन्दै धम्काएछन् ।

“विदेशी भूमिमा ज्यान फाल्नुभन्दा जीउ सुम्पनु उचित होला, बाँचिएला भनेर मौन बस्यौँ । विदेशमा अरु सामान्य अवस्थामा त आफ्नो जिब्रो झिकेर पातमा राखेर सहेर बस्नुपर्दछ । झन यो विशेष परिस्थितिमा भनेर टेलीफोनमै छोरी रोएकी थिइ रे । त्यतिबेला हामीले परराष्ट्रको फोन पत्ता लगाएर सम्पर्क ग¥यौं । पटकपटक फोन गर्दा पनि कसैले उठाएनन् । कार्यालय समय नै थियो, लकडाउन लम्बिदै थियो । विश्वमा मृत्युवरण गर्नेको संख्या पनि थपिँदै थियो ।”
नयनचन्द्र दाइको छटपटाहट कम हुनुको साटो बढदै थियो । शोभालाई स्वदेश फर्काउन उनी जमिनजेथा बेच्ने स्थितिमा थिए । आफ्ना नातागोता पु्कार्दे थिए, चिनेजानेका नेता, कर्मचारी समेतलाई पटकपटक फोन मार्फत गुहार गर्दै थिए । कोही सुनिरहेका थिएनन् ।

संयोगले एकदिन बजारबाट परराष्ट्र मन्त्रालयमा फोन ग¥यौं । हामी दुवै साथै थियौँ । फोन लाग्यो, नम्बर ठिक रहेछ भन्ने भयो । साहस बढ्यो । अब त केहि निकास पाइएला भन्ने आश लाग्यो । एक जना कर्मचारीले फोन उठाए । उ कुन तहको हो, थाहा थिएन् । उताबाट आवाज आयो “को बोल्नु भएको ।” भनेर ।

हामीले आफ्नो परिचय दियाैँ । “शोभा नामकी एकजना छोरीमान्छे, डाक्टर पढन बंगलादेश गएकी, ढाकामा अलपत्र परेकी छन् । अरु नेपाली छात्रछात्रा पनि छन् । हामी आफ्नै खर्चमा स्वदेश फर्काउन चाहन्छौ । सरकारले, स्वदेश फर्कने व्यवस्था मिलाइदिनुप¥यो । यसैको लागि बिन्ती बिसाएको ।” भनेर अनुरोध गर्याै ।

उताबाट जवाफ आयो “अहिले यहाँ मन्त्री, सचिव, उपसचिव जिम्मेवार मान्छे कोही छैनन । हामी माथिको आदेश मान्ने मान्छेहरू हौ । हामी के गर्न सक्छौ र ?” साँझ पर्न लागेको समयमा, नयनचन्द्र दाइ चिन्तित हुँदै घरको लागि बाटो लागे । साँझमा शोभाको सम्झना आयो, ”बाँचेर आउलिन्् नी । धेरै रोगीको उपचार गर्र्लिन् ।” आशा गरेँ ।

दिन बिराएर बंगलादेशका तिघ्रेहरू आउँँछन् । हामी जति जना छात्रा छौं, त्यति नै जना पुरुष आउँँछन् । पेस्तोल कन्चटमा लगेर सोझ्याएझैँ गर्दछन् । शरीरमा लगाएका लुगा फुकाल्न लगाउँछन्, हामी डरले काम्दछौ ।

तेस्रो दिन बिहान ज्ञानु भाउजु र जेठी बुहारी मेरो घर आउँ । रातभर रोएका, सुनिएका आँखा थिए भाउजुका । बुहारी सामान्य अवस्थामा थिई । दुबै सासुबुहारीले परैबाट मलाई नमस्कार गरे । आफूले पनि हात जोडे । आँगनमा उभिए बसौ भनेर अनुरोध गरेँ । उभिएकै अवस्थामा बुहारीले हातको मोबाइल दिइन् । छोरीले बंगलादेशबाट म्यासेज पठाएकी रहिछन् । लेखिएको थियो “रातको दश बजेतिर म सहित अरु मुलुकका जो यो विश्वविद्यालयमा पढने छात्राहरू एउटै कोठा या तलामा बस्दछौं । चार जना छौं । दिन बिराएर बंगलादेशका तिघ्रेहरू आउँँछन् । हामी जति जना छात्रा छौं, त्यति नै जना पुरुष आउँँछन् । पेस्तोल कन्चटमा लगेर सोझ्याएझैँ गर्दछन् । शरीरमा लगाएका लुगा फुकाल्न लगाउँछन्, हामी डरले काम्दछौ । डराईडराई ओठ कमाउँदै “तिमीहरुका दिदीबहिनी छैनन् । कुनै बेला तिमी बंगलादेशीहरू कुनै अर्को मुलुकमा जाँदैनौ । तिम्रा देशमा कानून छैन । तिमीहरूसँग नैतिक आदर्श छैन । महिलासँग शारीरिक सम्बन्ध कायम गर्न मात्र बाँचेका हौ । तिम्रो देशकी महिला लेखिका तस्लीमा नसरिनले लेखेका पुस्तक पढेका छैनौ भन्छौं । तर ती अपराधीले हाम्रो कुरा सुन्दैनन् ।” अफ्रिकी छात्राहरू किनाराका साक्षी हुन्छन् ।

केही बोल्ने हिम्मत गर्दै फेसबुकमा लेखिएका अक्षर पढेर सुनेपछि मेरो छाती ढुकढुक भयो । तीन दिनदेखि नयनचन्द्र दाइ घरै गएका छैनन रे भाउजुले भन्नुभयो ।


राममणि पोखरेल
उदयपुर


(राममणि पोखरेलको बसोबास उदयपुर जिल्लामा छ । उनी साहित्य लेखन, सम्पादनका साथै सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहेका छन् । मूलत आख्यान लेखकका रुपमा परिचय बनाएका पोखरेलको यस कथामा कोरोनाकालमा देशबाहिर पढन गएका विद्यार्थी एवम घरपरिवारको त्रासद जीवन अनुभूतिलाई अभिव्यक्त गरिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!