परपीड़ालाई आफ्नो
भनिदिने को छ र..?
कसलाई सुनाउँ यहाॅ
ब्यथा सुनिदिने को छ र ?
बितेका ती
पुराना गाथा
कसले दोहराउने..!
थाकेर सुतेका
ती ब्यथालाई
किन जगाउने
दोहराई सुनिदिने को छ र ?
सुत्नदेउ ब्यथालाई
नजगाउ है…!
जागे फेरि…
सुताउने को छ र ?
मनले त सबैलाई
आफन्त नै ठान्छ
आफ्नै हो भनी
प्रमाण दिने को छ र ?
अशान्त छ मन
विगतका मीठा मीठा
यादले झस्काई रहन्छु
मनलाई
भुलाउन छ सबै, तर…
ती यादलाई भुल्न सक्ने को छ र?
गुम्सिएर बसेको छ
कति प्रश्न यहाॅ
ती प्रश्नका जवाफ दिने
को छ र..?
अन्योलमा परेका छन
जीवनका लक्ष्यहरू
यसलाई साक्षात रूप दिने
को छ र..?
नीता गुरूंग (भाटिय़ा)।
गुवाहाटी, असम भारत।